ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरियो चिया पत्तीको उचित मूल्य नहुँदा किसान चिन्तित


एबीसी / संवाददाता
बैशाख २६, २०७९ सोमबार  २ : ०४ बजे

काठमाडौँ, २६ बैशाख । इलाममा हरियो चिया पत्तीको उचित मूल्य नहुँदा किसान चिन्तित भएका छन् । मुख्य आयस्रोत नै गुम्ने खतरा भएको इलामका नागरिकले गुनासो गरेका हुन् । इलाम भन्ने बितिक्कै चियाको राजधानी भन्ने बुझिन्छ । यहाँका अधिकाशं नागरिकको जिविकोपार्जनको मुख्य स्रोत पनि चिया खेती नै हो । तर अझै पनि किसानले चिया खेतीबाट लाभ भने खासै पाउन सकेका छैनन् ।

जिल्लाको सूर्योदय नगरपालिकामा हरियो चिया पत्तीको उचित मूल्य नपाएका चिया किसान वर्षौंदेखि पीडामा छन् । घाम पानी केही नभनी वर्षभरिनै चिया खेतीमा नै तल्लिन हुने गरे पनि नगरका अधिकांश उद्योगले बहाना बनाएर हरियो पत्तीको मूल्य निकै कम दिने गरेको उनीहरूको गुनासो छ । सूर्योदय नगरपालिकाले हरियो पत्तीको न्यूनतम मूल्य ४० रुपैयाँ तोकिदिएको थियो । नगरले ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यविधि’ नै बनाएर न्यूनतम मूल्य तोके पनि किसानले भने उक्त मूल्य पाउन सकेका छैनन् । नगरपालिकाले तयार पारेको कार्यविधिमा किसानले हरियो पत्तीको गुणस्तर कायम राख्नुपर्ने प्रावधान छ ।

जसमा हरियो पत्तीमा न्यूनतम ४० प्रतिशत सुइरो हुनुपर्ने उल्लेख छ । कार्यविधि अनुसारको सर्त पालना गराउन नियमन कार्य प्रभावकारी भएको पाइँदैन । कामदार नपाएपछि किसालने मेसिन प्रयोग गरेर चिया टिप्ने गरेका छन् । मेसिनले चिया टिपेपछि गुणस्तरहीन पत्ती आउने गरेको र फर्काउनुपर्ने बाध्यता रहेको उद्योगी बताउँछन् । लागत अनुसारको मूल्य नपाउने र बिक्री गर्न समस्या हुने गरेको किसानको गुनासो छ भने उता उद्योगीले किसानले चियाको पत्तीमा गुणस्तर कायम गर्न नसकेकोले मूल्य नपाएको दाबी गर्छन् । इलाममा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड रहेता पनि चिया किसान र उद्योगीका समस्या सधै उस्तै छन् ।

बाेर्डका अनुसार सूर्योदय नगरपालिकामा ६६ वटा चिया उद्योग रहेका छन् भने ७ हजार ५ सय किसान चिया खेतीमा आवद्ध छन् । इलाम, देउमाई र माई नगरपालिकाका साथै सन्दकपुर गाउँपालिकाको धेरै स्थानमा चिया खेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

सम्बन्धित

चुनाव दुई चरणमा नगरियोस् : प्रचण्ड

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

बदलिएको कांग्रेस सत्ताका लागि जोसँग पनि मिल्दैनः गगन थापा

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com