ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि


एबीसी / संवाददाता

काठमाडौं २४ वैशाख । चितवन, २४ वैशाख (रासस) : पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो । खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो । परीक्षणमा बर्डफ्लु प्रमाणित भएपछि कुखुरा नष्ट गर्न थालिएको छ । फार्मका सञ्चालक सुमा अर्यालका अनुसार फुल अटोमेसन क्लोज हाउसमा पालिएका लेयर्स कुखुरामा सङ्क्रमण देखिएको हो । बर्डफ्लु देखिएसँगै कुखुरा, अण्डा, दाना, क्रेट, कार्टुनलगायतका सामग्री नष्ट गर्न थालिएको छ । अर्यालका अनुसार बर्डफ्लुका कारण प्रत्यक्ष, अप्रत्यक्षरूपमा रु २५ करोड हाराहारी नोक्सान हुने देखिएको छ ।

बीस वर्षअघिदेखि अर्यालले उच्चतम प्रविधि अपनाएर कुखुरा पाल्दै आउनुभएको छ । पोल्ट्री व्यवसायमा रु ७० करोडभन्दा बढी लगानी भइसकेको उहाँ बताउनुहुन्छ । भेटेनेरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका प्रमुख सुशील केसीका अनुसार देशभरमा बर्डफ्लुका कारण सबैभन्दा बढी नोक्सान चितवनमा भएको छ । हाल बर्डफ्लु देखिएको फार्म अहिलेसम्मको ठूलो र बढी नोक्सान हुने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा यसबाहेक ३१ वटा पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै देखिएको हो ।

जिल्लामा यसबाहेक बर्डफ्लु देखिएका फार्ममा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको कार्यालयले जनाएको छ । केन्द्रका सूचना अधिकारी डा प्रभाश न्यौपानेका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, हाँस ३५ वटा नष्ट गरिसकिएको छ । बर्डफ्लुका कारण जिल्लामा एक लाख ७८ हजार २२६ वटा अण्डा, ६२ हजार ९२० किलो दाना, ५८ हजार २२० क्रेट, छ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ वटा, एक हजार ३८० वटा गिरीराजको अण्डा, कार्टुन एक हजार ५००, डाला ६६० र तयारी मासु ४० किलो नष्ट गरिसकिएको न्यौपानेले जानकारी दिनुभयो । अन्नपूर्णको नष्ट गर्ने काम भइरहेको छ । सबै नष्ट गर्न केही दिन लाग्ने कार्यालयले जनाएको छ । बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा बिक्री गर्दा रोग तीव्र फैलिएको अनुमान रहेको छ । सरकारी तवरबाट दिइने राहतको प्रक्रियामा पर्खदाँ कुखुरा मरेर सकिने र केही बाँकी रहे तिनको राहतप्रति कृषक विश्वस्त हुन नसक्दा कतिपय कृषकले कुखुरा बेचेको पाइएको छ । अनुगमनमा कडाइ हुन नसकेका कारण रोग फैलिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री देउवालाई एमालेले भन्यो – रातो बत्ति बलि सक्यो अब ब्यूँझिनुस्

काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई निद्राबाट ब्यूँतिन आग्रह गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै एमाले सांसद

देशभर ८ जिल्लाका सबै पालिकामा मत गणना सम्पन्‍न

काठमाडौँ — प्रदेश १ मा २ वटा जिल्लामा मत गणना सकिएको छ । वाग्मतीमा १ वटामा सकिएको छ । गण्डकीमा ३ वटा लुम्बिनी र सुदूरपश्चिम

गुल्मीका १२ मध्ये कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी

  गुल्मी ३ जेठ । गुल्मीका १२ वटै स्थानीय तहको मतगणना सकिएको छ । त्यहां नेपाली कांग्रेसले पाँच पालिका नेकपा माओवादी केन्द्रले चार र नेकपा

सम्बन्धित

गुल्मीका १२ मध्ये कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी

पाल्पाको रामपुरमा मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

प्रदेश नम्बर १को मत परिणामा पनि एबीसी एक्जिट पोल जस्तै : नेका पहिलो, एमाले दोस्रो र माके तेस्रो (पूरा विवरण)

धुनिबेशीका नेता आचार्यको राजनीतिक इतिहास यस्तो छ

बेनी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा माओवादी विजयी

लमजुङको सुन्दरबजार नगरपालिका मेयरमा कांग्रेसका कोइराला विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com