ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साना तथा मझौला व्यवसायी महासंघको कार्यकाल सम्हाल्दै शाक्य


admin

काठमाडौँ, ३० पुस । साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा गुह्यरत्न शाक्य निर्वाचित भएका छन् । महासंघको चौथो अधिवेशन तथा १३औँ वार्षिक साधारणसभाले शाक्यको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

महासंघले देशभरका ५० जिल्लाका प्रतिनिधि तथा वस्तुगत, एशोसिएट र अन्य क्षेत्रका प्रतिनिधिको सहभागितामा भएको सो सभाले कार्यसमितिको पदेन अध्यक्षमा निवर्तमान अध्यक्ष जंगबहादुर श्रेष्ठ, सहअध्यक्षमा गणेशबहादुर सुवेदी, वरिष्ठ उपाध्यक्षमा गिरिराज गौतम, प्रथम उपाध्यक्षमा सरोज श्रेष्ठ र चन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा बलराम भण्डारी, मदन महर्जन र हिराबहादुर प्रधान, तृतीय उपाध्यक्षमा नरेशप्रसाद सिंह, शैलेन्द्रमोहन झा र चतुर्थ उपाध्यक्षमा मोहिनी विलास लुइँटेललाई चयन गरेको छ ।

त्यस्तै महिला उपाध्यक्षमा यमुनादेवी श्रेष्ठ र विष्णु घर्तीमगर ,वस्तुगत संघमध्येबाट उपाध्यक्षमा माधव केसी, एशोसिएट सदस्यमध्येबाट उपाध्यक्षमा विजु शाक्य, महासचिवमा सुमन सुवाल, कोषाध्यक्षमा धर्मनन्द श्रेष्ठ, सचिवमा विश्वराम दुवाल, सहकोषाध्यक्षमा यज्ञबहादुर थापा निर्वाचित भएको महासंघले जनाएको छ ।

शाखा-जिल्ला संघबाट केन्द्रीय सदस्यमा केदारकुमार कटुवाल, सलिनालामा, सुवास महर्जन, कृष्णप्रसाद शर्मा, शर्मिला कार्की, रेखाबहादुर अधिकारी, छेटुप तामाङ र कोमलप्रसाद उपाध्याय निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com