ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनमा गुट्रेस : युद्ध अपराधको विषयमा रुसमाथि अनुसन्धान गर्न आईसीसीसँग आग्रह


एबीसी / संवाददाता
बैशाख १५, २०७९ बिहीबार   ७ : २३   बजे

काठमाडौँ, १५ बैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रुसलाई सम्भावित युद्ध अपराधको विषयमा रुसमाथि अनुसन्धान गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीसँग आग्रह गर्नुभएको छ ।

रुसले युक्रेनमा आक्रमण गर्दा भएको सम्भावित युद्ध अपराधको अनुसन्धानका लागि महासचिव गुट्रेसले आईसीसीसँग आग्रह गर्नुभयो । युक्रेन युद्धग्रस्त शहर बुचाको भ्रमणका क्रममा गुट्रेसले सबैभन्दा नराम्रो अपराध युद्ध नै हो भन्दै रुसले अनुसन्धानका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले युद्धलाई अस्वीकार्य र ‘२१ औं शताब्दीमा बेतुकका कुरा’को संज्ञा दिनुभयो । यसैबीच, युक्रेनी सहर मारिउपोलका स्थानीय अधिकारीहरूले सहरको धेरैजसो भागमा भयावह अवस्था उत्पन्न भएको बताएका छन् ।

हजारौं शवहरू संकलन हुन नसकेको तथ्यलाई ध्यानमा राख्दै महामारीको जोखिममा रहेको चेतावनी दिएका छन् । हप्ताको भारी लडाइँ र केन्द्रीकृत पानी आपूर्तिको अभावको बावजुद करिब एक लाख मानिसहरू अझै पनि शहरमा फसेको जनाइएको छ । बिहीबार त्यहाँको नगर परिषद्ले हैजा, पेचिश र एस्चेरिचिया कोलाईको जोखिम रहेको चेतावनी दिएको छ । मारिउपोलका मेयर भाडिम बोयचेन्कोले त्यहाँ फसेको मानिसहरूलाई खाना, पानी र औषधि उपलब्ध गराउन सक्ने अबस्था नरहेको बताउनुभएको छ ।

अत्यावश्यक वस्तु अभावको विषयलाई मध्यनजर गर्दै तत्काल र पूर्ण निकासी आवश्यक रहेकोमा उहाँको जोड छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

सम्बन्धित

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group