ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनमा गुट्रेस : युद्ध अपराधको विषयमा रुसमाथि अनुसन्धान गर्न आईसीसीसँग आग्रह


एबीसी / संवाददाता

काठमाडौँ, १५ बैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रुसलाई सम्भावित युद्ध अपराधको विषयमा रुसमाथि अनुसन्धान गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीसँग आग्रह गर्नुभएको छ ।

रुसले युक्रेनमा आक्रमण गर्दा भएको सम्भावित युद्ध अपराधको अनुसन्धानका लागि महासचिव गुट्रेसले आईसीसीसँग आग्रह गर्नुभयो । युक्रेन युद्धग्रस्त शहर बुचाको भ्रमणका क्रममा गुट्रेसले सबैभन्दा नराम्रो अपराध युद्ध नै हो भन्दै रुसले अनुसन्धानका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले युद्धलाई अस्वीकार्य र ‘२१ औं शताब्दीमा बेतुकका कुरा’को संज्ञा दिनुभयो । यसैबीच, युक्रेनी सहर मारिउपोलका स्थानीय अधिकारीहरूले सहरको धेरैजसो भागमा भयावह अवस्था उत्पन्न भएको बताएका छन् ।

हजारौं शवहरू संकलन हुन नसकेको तथ्यलाई ध्यानमा राख्दै महामारीको जोखिममा रहेको चेतावनी दिएका छन् । हप्ताको भारी लडाइँ र केन्द्रीकृत पानी आपूर्तिको अभावको बावजुद करिब एक लाख मानिसहरू अझै पनि शहरमा फसेको जनाइएको छ । बिहीबार त्यहाँको नगर परिषद्ले हैजा, पेचिश र एस्चेरिचिया कोलाईको जोखिम रहेको चेतावनी दिएको छ । मारिउपोलका मेयर भाडिम बोयचेन्कोले त्यहाँ फसेको मानिसहरूलाई खाना, पानी र औषधि उपलब्ध गराउन सक्ने अबस्था नरहेको बताउनुभएको छ ।

अत्यावश्यक वस्तु अभावको विषयलाई मध्यनजर गर्दै तत्काल र पूर्ण निकासी आवश्यक रहेकोमा उहाँको जोड छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com