ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने संकल्प : सिर्जना सिंह


एबीसी / संवाददाता

काठमाडौँ, १५ बैशाख । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभएको छ । बिहीबार आफ्नो संकल्पपत्र सार्वजनिक गर्दै सिंहले काठमाडौं महानगरपालिकाको प्रमुख भएमा आफ्नो पहिलो ध्यान महानगरपालिकामा सुशासन कायम गर्दै भ्रष्टाचारमुक्त बनाउनु रहेको बताउनुभएको हो ।

महानगरपालिकाभित्रै भ्रष्टाचार भए आफूले अन्य ठाउँमा सुशासन कायम गर्न नसक्ने भन्दै उहाँले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले महानगरको सेवा, सुविधालाई चुस्त, दुरुस्त बनाउने पनि बताउनुभयो । उम्मेदवार सिंहले आफ्नो सात ‘स’ को संकल्पपत्र सार्वजनिक गर्नुभएको छ । संकल्प पत्र सार्वजनिक गर्दै उहाँले महानगरलाई विधिको शासन, नियम, कानून भित्र रहि चलाउने बताउनुभयो । भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने उत्कृष्ट पालिकाको रूपमा काठमाडौं महानगरलाई स्थापित गर्ने उहाँको प्रतिवद्धता छ ।

त्यसैगरी सबै वडाहरुमा रोकथाम, परिक्षण, उपचार र पुर्नस्थापनासहितको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको सञ्चालन गर्ने उहाँले उल्लेख गर्नुभयो । जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समुहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने उहाँको भनाइ छ ।
सिंहले काठमाडौं महानगरलाई ‘जिरो वेस्ट’ नगरपालिका बनाउने घोषणा गर्नुभयो । पिउन योग्य पानी, स्वास फेर्न योग्य हावाका लागि आवश्यक कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने उहाँले बताउनुभयो । सार्वजनिक खुल्ला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, फल्चा आदीको संरक्षण, पुर्नस्थापना तथा विस्तार गरिने उहाँको भनाइ छ ।

त्यस्तै गरी महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्नसक्ने र हिडडुल गर्न सक्ने शहरको निर्माण गर्ने उहाँको संकल्प छ । विपद थेग्न सक्ने क्षमतायुक्त शहरको निर्माणको लागि काम गर्ने उहाँले बताउनुभयो । सिंहले महानगरभित्रको संस्कृतिलाई पर्यटन सँग जोड्ने उल्लेख गर्नुभयो । गुठि प्रणालीको संरक्षण र प्रवद्र्धन गर्दै दिगो विकासको लागि प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सहज रूपमा हिडडुल गर्ने पुर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रीत शहरका बनाउने बताउनुभयो ।

पूर्वाधार निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने उहाँको भनाइ छ । महानगरको कार्यक्षेत्र भित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरी संस्थागत क्षमताको विकास गरिने उहाँले उल्लेख गर्नुभयो । त्यसैगरी युवाका लागि अवसर, महिलाको शशक्तिकरण र महानगरबासीको सिर्जनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी गर्ने उहाँको प्रतिवद्धता छ । उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने उहाँले बताउनुभयो । उहाँले सुकुम्बासीको समस्या समाधान गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल–हमास युद्धविराम थप १ दिन लम्ब्याइयो

एमालेले सुरु गर्‍यो महाकाली-मेची अभियान

सम्बन्धित

इजरायल–हमास युद्धविराम थप १ दिन लम्ब्याइयो

गलत प्रवृत्तिका केही व्यक्ति पार्टीमा आएका छन् रविको स्वीकारोक्ति

रविको राजनीतिक प्रतिवेदन – मध्यावधि हुनसक्छ, स्ट्याण्डबाइ रहौंं

एमालेले सुरु गर्‍यो महाकाली-मेची अभियान

पालमा बस्दै आएकी भूकम्पपीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

पोखरामा प्रभाव बढाउन भारत र चीनको प्रतिष्पर्धा !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com