ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनटिसीमा अब फोन गर्दा सुनिन्छ ; ‘लौ न हजुर आयो निर्वाचन‘..


एबीसी / संवाददाता

काठमाडौं १४ वैशाख । बुधबारदेखि नेपाल टेलिकमका प्रयोगकर्ताले एक अर्कालाई फोन गर्दा चुनावी सन्देश सुन्ने भएका छन्। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेपाल टेलिकमका मोबाइल र ल्यान्डलाइन फोनमा कलर रिङ ब्याक टोन (सिआरबिटी) राखेको हो।

आयोगका सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालले मतदाता शिक्षा दिनको लागि कलर रिङ ब्याक टोन राखिएको बताउनुभयो । ‘मतदाता शिक्षामा नयाँपन ल्याउन हो। सबैको मोबाइलमा मेसेजहरू भोट कसरी हाल्ने सिकाउन, सहभागीता बढाउने हिसाबले यो गरिएको हो,’ उहाँले भन्नुभयो, ‘स्थानीय तह निर्वाचन विशेष सन्देश प्रवाह गर्न यो गरिएको हो।’ हाल नेपाल टेलिकमबाट मात्रै सुचारू भएपनि त्यसबारेमा एनसेल र स्मार्ट सेलसँग पनि कुराकानी अघि बढाएको उनले बताए। त्यहाँबाट पनि छिट्टै जारी हुने उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार यसको लागि टेलिकमले निशुल्क सहयोग गरेको हो। यद्यपी लाग्ने करबारे पनि सरकारसँग छलफल गरिरहेको उहाँले बताउनुभयो। ‘निशुल्क गरिदिन्छौं भन्नुभएको छ। तर त्यसको लागि कर लाग्ने र आयोगको सार्वजनिक हितको काम भएको हुनाले छुटको लागि पहल गरिदिनु भनेको हुँदा आयोगले पहल गरिरहेको छ,’ उाँले भन्नुभयो।

यसअघि टेलिकमले कोरोनाभाइरसको महामारीका बेला जनचेतना फैलाउन सन्देशमूलक सिआरबिटी राखेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश

काठमाडौं, १५ जेठ  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई

आइतबार ४ बजे बजेट भाषण, सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

काठमाडौं, १४ जेठ । आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमासम्वन्धी विषय संवेदनशील रहेको भन्दै वार्ता र संवादबाट समाधान गरिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ

सम्बन्धित

आज गणतन्त्र दिवस : लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन

राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश

आइतबार ४ बजे बजेट भाषण, सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हो : प्रधानमन्त्री देउवा

नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ, बीआआईमा बुद्धिमत्तापूर्ण निर्णय लिन्छ : प्रधानमन्त्री देउवा

ओलीलाई देउवाको जवाफ – लिपुलेक लगायतका नेपाली भूमि रक्षा गर्न सरकार प्रतिवद्ध छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com