ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्धिनीलाई सांसद बनाउन लागेपछि उपेन्द्र यादब र महन्थ ठाकुर बीच तनाव सुरु


एबीसी न्यूज

काठमाडौं, ३० पुस । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरम मिलेर लडेका थिए । जसका कारण दुवै दलले सो प्रदेशमा १९ सिट जितेका थिए । प्रदेश सभामा पनि दुवै दलले बहुमत ल्याएका छन् । प्रदेश सरकार निर्माणका लागि पनि दुवै दल मिलेर जाने सहमति गरेका थिए । निकट भविष्यमै दुवै दलबीच एकता हुने बताइएको थियो । तर, प्रदेश प्रमुखको विषयलाई लिएर राजपा र संघीय समाजवादी फोरमबीच तनाव सुरु भएको छ ।

राजपा अध्यक्ष महन्थ ठाकुरले पूर्वसचिव एवं सम्धी उमाकान्त झालाई प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरेपछि फोरम अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट भएका छन् । प्रदेशसभामा आफ्नो पार्टीले बढी सांसद जितेको भन्दै प्रदेश प्रमुख आफूले सिफारिस गरेको व्यक्ति हुनुपर्ने यादवको दाबी छ । यादवले पनि पूर्वसचिव रत्नेश्वर कायस्थलाई प्रदेश प्रमुखमा सिफारिस गरेको बताइएको छ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्ति गर्ने बताइएको छ । सकभर दलीय सहमतिमै प्रदेश प्रमुख तोक्ने प्रधानमन्त्री देउवाको तयारी छ । तर, प्रदेश प्रमुख कसलाई तोक्ने भन्ने विषयले भने दुवै मधेसवादी दलमा विवाद सुरु भएको छ ।

ठाकुरले सिफारिस गरेका झा खिलराज रेग्मी सरकारमा मन्त्री बनेका थिए । ठाकुरले आफ्नी सम्धिनी इन्दा झालाई समानुपातिक सांसद र सम्धिलाई सांसद बनाउन लागेपछि राजपाभित्र तीव्र विवाद सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com