ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोटमा फैलिएको भाइरल सिजनल फ्लु भएको पुष्टि


एबीसी न्यूज

जाजरकोट, ३०पुस । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि प्रकोपका रूपमा फैलिएको भाइरल इन्फ्लुएन्जा टाइप ए एचथ्रिएनटु अर्थात् सिजनल फ्लु भएको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले रोग पत्ता लगाएको हो। बिरामी पाँचमध्ये एक जनामा भाइरल इन्फ्लुएन्जा टाइप ए एचथ्रिएनटु भाइरस फेला परेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए।

बिरामीको नमुना रगत संकलन गरेर केही दिनअघि मात्र प्रयोगशालामा पठाइएको थियो। अन्य चार जनामा भने कुनै प्रकारको लक्षण देखिएन। ‘एक जनामा देखिएको पनि सामान्य खालको सिजनल फ्लुको लक्षण होु, उनले भने, ‘यो जाडो समयमा लाग्ने सामान्य रुघाखोकी हो। एचवानएनवान भनेको स्वाइनफ्लु हो, त्योभन्दा यो अलि कमजोर खालको हो। यसबाट धेरै आत्तिनु पर्दैन।

लसम्म रुघाखोकी र ज्वरोका एक हजार सात सय ५५ बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। हाल प्रभावित क्षेत्रमा चार चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। टोलीले तीन ठाउँमा शिविर खडा गरेर उपचार गरिरहेको छ।

भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य सचिवसहितको टोलीले स्थलगत अवलोकन भ्रमण गरेको छ। सेनाको हेलिकोप्टरबाट प्रभावित जुनीचाँदेको मजकोटमा पुगेर टोलीले प्रकोपको अवस्था र उपचारको व्यवस्थाबारे निरीक्षण गरेको हो। परीक्षणका आधारमा केही बिरामीमा सिजनल फ्लु भएको पाइएपछि पूर्वमन्त्री शक्ति बस्नेतकोबिशेषपहलमा स्वास्थ्यसचिव डा. पुष्पा चौधरी नेतृत्वको टोली स्थलगत निरीक्षणका लागि शनिबार औषधिसहित प्रभावित क्षेत्र पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि

सुर्खेतमा मिटरब्याजका ४२ मुद्दा दर्ता, ठगी हुनेमा अधिकांश महिला

कर्णालीमा शिक्षण सिकाइ उपलब्धि कमजोर

मुगु हिमपहिरो : जुम्लाका तीन जनाको मृत्यु (अपडेट)

हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com