ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकको आगमन दैनिक १०० नाघ्यो


एबीसी / संवाददाता

काठमाडौं १० बैशाख । वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ । कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०÷१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन् । लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार रसुवाको उच्च भागमा अवस्थित लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको भ्रमणका लागि दैनिकरूपमा आन्तरिक १०० र बाह्य २२÷२३ जना पर्यटकको आगमन भइरहेको छ ।
आन्तरिक पर्यटक बढी मात्रामा पवित्र तीर्थ गोसाइँकुण्डतर्फ र विदेशी पर्यटक भने लाङटाङतर्फ केन्द्रित हुने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । पर्यटकको आगमन वृद्धि भएसँगै पर्यटन क्षेत्रका होटल तथा लजको थप व्यवस्थापकीय कार्य भइसकेको जानकारी दिँदै पर्यटकीय होटल व्यवस्थापन समितिका जिल्ला अध्यक्ष निशान उपनामका रामशरण गजुरेलले धार्मिक तथा पर्यटकीय पदमार्गमा खान बस्न कुनै समस्या नपर्ने भएकाले यात्रा गर्न आग्रह गर्नुभयो । सुनसान रहेको हिमाली पर्यटकीय क्षेत्रमा पर्यटकको ओहरदोहर हुन थाले पछि गोसाइँकुण्ड धार्मिक मार्गको रौनकता बढेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिनुभयो । पाहुनाको आगमन निरन्तररूपमा बढ्न थालेपछि क्रमिकरुपले पर्यटन पेसाबाट आर्थिक सुधार हुँदै जाने आशा पलाएको होटल व्यवसायी बताउँछन् । पैदलमार्गको अलावा हवाई मार्गसमेतबाट गोसाइँकुण्ड जाने यात्रुको आर्कषणसमेत बढ्दै गएको छ ।
यस्तै हेलिकप्टर सञ्चालक कम्पनीले गोसाइँकुण्ड यात्रु ओेसारपसार गराउन उडानलाई प्राथमिकता दिएका छन् । पैदलमार्गको उकालो हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई हेलिकप्टर सुविधाले तीर्थ जान सहज बनाएको स्थानीय पुरोहित टङ्कप्रसाद ढकाल बताउनुहुन्छ । धार्मिक मान्यताअनुरुप जिन्दगीमा एक पटक भए पनि पुग्नै पर्ने तीर्थ भएका कारण पैदलमार्ग वा हवाईमार्ग जुनरूपमा सहज हुन्छ एक पटक गोसाइँकुण्ड पुग्न समस्त भक्तजनलाई अनुरोध गरिएको पुरोहित ढकाल बताउनुहुन्छ । गोसाइँकुण्डको दर्शनार्थ सिम्रिक, डाइनेष्टी, अल्टिच्युट, फिस्टेल, कैलास, मनाङ, हेलिमाउन्टेन, प्रभु, हेलिएभरेष्टसमेतका हेलिकप्टर कम्पनीले धार्मिक उडान गरिरहेको हेलिकप्टर एशोसिएशनले जनाएको छ । पैदलमार्गबाट हिमाली पदयात्राका लागि हिँडेका पर्यटक बीच बाटोमा बिरामी परेमा तत्काल उद्धारका लागि हेलिकप्टरले उद्धार गर्ने गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सन् २०२५ मा ‘विध्वंसकारी सौर्य आँधी’ र अर्को ‘विश्वव्यापी महामारी’को सामना गर्नु पर्ने खतरा : इकोनोमिष्ट

कजान समिट भावी संसारको एक झलक !

डोनाल्ड ट्रम्प भन्छन् : उनले आफ्नो शत्रु सार्वजनिक गर्नेछन्, नागरिकहरू विरुद्ध  सैनिकहरूले राजनीतिको खेल खेल्छन्।

ईरानी आणविक वा तेल केन्द्रहरूमा नभई सैन्य केन्द्रहरूमा आक्रमण गर्न नेतान्यहूले अमेरिकासँग अनुमति मागे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com