ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा विघटन भूलचुकले पनि गलत थियो नभन्नू :  अध्यक्ष ओली


एबीसी / संवाददाता

 

काठमाडौँ ८ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भूलेर पनि नदिन आफ्नै पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले देशका प्रमुख शक्ति बनेर अगाडि बढिरहेको ओली दावी गरे । ओलीले संसद विघटनको विरोध नगर्न एमालेको केन्द्रीय सल्लाहकार परिषद्का पाका नेताहरुलाई आग्रह गरे ।

केन्द्रीय सल्लाहकार परिषद्को बिहीबार बसेको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते आफू प्रधानमन्त्री पदमा रहेका बेला गरिएको प्रतिनिधिसभा विघटनको भुलेर पनि विरोध नगर्न भनेका हुन् । “केही केही साथीहरूले यस्सो मौका पर्‍या बेला प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने पनि गर्नुभएको छ,” उनले भने, “यस्ता खालका गलत कुराहरू हाम्रो सल्लाहकार परिषद्का कोही पनि कमरेडहरूले भूलचुकले पनि नबोल्न आग्रह गर्दछु । वास्तवमा प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो र नै आज हामी यहाँ छौं ।”

अब एमाले पार्टी एकस्वरमा अगाडि बढ्नुपर्ने भन्दै विरोधका आवाज र पार्टीले विगतमा गरेका निर्णयविरुद्ध नबोल्न ओलीले नेताहरूलाई भनेका हुन् । एमालेले ठीक समयमा ठीक निर्णय गर्दै अगाडि बढिरहेको उनको दाबी थियो । “स्पष्टताका साथ, बिनाद्विविधा एकस्वरले अगाडि बढ्नुपर्छ । समान कदमका साथ, एक ताल, एक सुर, एक लयमा अगाडि बढ्नुपर्छ,” उनले थपे, “आज प्रमुख शक्तिको हैसियत हामीले कायम रहेका छौं । देशमा एमालेको लहर सिर्जना गरेका छौं । होइन भने एमाले गन्तव्यहीन, दिशाहिन खत्तम भएर, ध्वस्त भएर, प्रचण्ड– माधवहरूको कब्जामा जान्थ्यो /”

प्रतिनिधिसभा विघटन गरी ठीक निर्णय नलिएको भए एमाले प्रचण्ड र माधवकुमार नेपालको व्यक्तिगत र पारिवारिक इच्छापूर्तिमा लागेर समाप्त हुने थियो भन्ने ओलीको भनाइ थियो /
। त्यसो भएर हामी ठीक निर्णयका साथ ठीक समयमा ठीक ढंगले अगाडि बढेका छौं, ओलीले भने । यस अघि प्रचण्ड र माधव नेपालले पटक पटक निर्वाचन आयोगले बेइमानी नगरेको भए एमाले कव्जा गर्ने बताउंदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com