ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको ५२ दिन पूरा, एक करोड १० लाख नागरिक विस्थापित, दशौं हजारको मृत्यु


एबीसी / संवाददाता
बैशाख ३, २०७९ शनिबार   १२ : ०५   बजे

काठमाडौँ, ३ बैशाख । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज  ५२ दिन पूरा भएको छ । एक करोड १० लाख भन्दा बढी जनता विस्थापित समेत भएका छन । साथै दशौं हजार मानिसको मृत्यु समेत भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेबु्रअरी २४ मा युक्रेनविरुद्ध ‘विशेष सैन्य कारबाही’को घोषणा गरेपछि सुरु भएको आक्रमण शनिबार ५२ दिन पूरा भएको छ । सो अविधिमा करिब ४ करोड ४० लाख जनसंख्या रहेको युक्रेनमा एक करोड १० लाख भन्दा बढी जनता विस्थापित भएका छन् । दशौं हजार सर्वसाधारणको ज्यान गएको छ भने हजारौं सर्वसाधारण युद्धग्रस्त क्षेत्रमा फसेका छन् ।

युक्रेनको राजधानीसहितका मुख्य शहरहरूमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । युक्रेनको सेनाले कम्तीमा १९ हजार ६ सय रुसी सैनिकको ज्यान गएको बताएका छ । त्यस्तै, झण्डै १४ हजार युक्रेनी सैनिक मारिएको मार्च २५ मा रुसी रक्षा मन्त्रालयले उल्लेख गरेपनि हताहतीको स्वतन्त्र पुष्टि हुन सकेको छैन । दुवै पक्षका सयौं लडाकु विमान, हेलिकप्टर, ट्यांक, बख्तरबन्द गाडी ध्वस्त भएका छन् । हिजो मात्रै रुसले ब्ल्याक सीको सोभियतकालीन युद्धपोत गुमाएको छ । रुसको लागि महत्वपूर्ण रहेको ‘मोस्कभा’ नामक युद्धपोतमा आफूले मिसाइल प्रहार गरेको युक्रेनको दावी छ ।

आफ्नो युद्धपोत डुबेपछि त्यसको बदला लिन मस्कोले युक्रेनमाथि आक्रमण तीव्र पार्ने चेतावनी दिएको छ । आज  बिहानै किभमा शक्तिशाली विस्फोटन सुनिएको रोयटर्सले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको ५२ दिनको प्रतिरक्षालाई उपलब्धिको रुपमा हेरिउको बताएका छन । उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युद्ध सुरु भएयता गत मंगलबार सार्वजनिक रूपमा टिप्पणी गर्दै युक्रेन युद्धमा रुसले आफ्नो लक्ष्य हासिल गर्ने दावी समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group