ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक यातायातमा भाडा वृद्धि व्यवसाही उत्साहि, उपभोक्ता आक्रोशित


एबीसी / संवाददाता
बैशाख २, २०७९ शुक्रबार   ७ : २२   बजे

काठमाडौँ, २ बैशाख । इन्धनको मूल्य आकाशिएसँगै बैशाख १ गतेबाट काठमाडौं उपत्यका सहित बागमती प्रदेशका सार्वजनिक सवारी साधनहरूमा भाडा बढेको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि उपत्यकासहित बागमती प्रदेशका सार्वजनिक सवारी साधनमा भाडा बढाउने निर्णय गरेपछि उपभोक्ता मारमा परेका छन् ।

नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रुपैयाँ भएको छ । मन्त्रालयको सूचनाअनुसार पाँच किलोमिटर सम्म २०, १० किलोमिटर २५, १५ किलोमिटर ३०, २० किलोमिटर ३३ र २० किलोमिटरभन्दा माथिको ३८ रुपैयाँ तोकिएको छ ।
तर कतिपय सार्वजनिक यातायातका चालक पुरानै भाडा दर कायम रहेको बताउँछन् । आफूकहाँ अहिलेसम्म समितिबाट लिस्ट नआइसकेको उनीहरूको भनाइ छ । यद्यपि इन्धनको मूल्य बढ्दा कमाएको पैसो पेट्रोल पम्पमा बुझाउँदा ठिक्क हुने उनीहरू बताउँछन् । यस्तै सरकारले ट्याक्सीको भाडा पनि बढाएको छ । तर, नयाँ भाडादर अनुसार यात्रुले भाडा दिन नमान्दा ट्याक्सी चालकहरू दिक्क छन् । सरकारले जतिपटक समायोजन गरे पनि आफ्नो समस्या बीसको उन्नाइस नभएको उनीहरूको गुनासो छ । आफूहरूले यातायात, घरेलु र प्यान गरी तीन ठाउँमा राजश्व तिरे पनि त्यो अनुसारको सुविधा पाउन नसकेको उनीहरूको गुनासो छ । यद्यपि भाडा बढ्दा भने केही राहत महसुस गरेको उनीहरू बताउँछन् ।

यता यात्रुहरू भने बारम्बारको मूल्यवृद्धिले आक्रोशित छन् । महंगी दिनप्रतिदिन बढे पनि आम्दानी नबढ्दा आफूहरूको ढाड सेकिएको उनीहरू बताउँछन् । जनताको समस्यामा सरकार रमिते बनेका उनीहरूको आरोप छ । पछिल्लो सरकारी निर्णयले कसैको भलो गरेको छैन । सबैको अभिभावक मानिने सरकारले निर्णय गर्नुअघि त्यसको बहुआयामिक प्रभावका बारेमा छलफल हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

विश्वकप २०२६ : उरुग्वेले अन्तिम समयमा हार टार्‍यो, साउदी अरेबियासँग १–१ को रोमाञ्चक बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group