ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक यातायातमा भाडा वृद्धि व्यवसाही उत्साहि, उपभोक्ता आक्रोशित


एबीसी / संवाददाता

काठमाडौँ, २ बैशाख । इन्धनको मूल्य आकाशिएसँगै बैशाख १ गतेबाट काठमाडौं उपत्यका सहित बागमती प्रदेशका सार्वजनिक सवारी साधनहरूमा भाडा बढेको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि उपत्यकासहित बागमती प्रदेशका सार्वजनिक सवारी साधनमा भाडा बढाउने निर्णय गरेपछि उपभोक्ता मारमा परेका छन् ।

नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रुपैयाँ भएको छ । मन्त्रालयको सूचनाअनुसार पाँच किलोमिटर सम्म २०, १० किलोमिटर २५, १५ किलोमिटर ३०, २० किलोमिटर ३३ र २० किलोमिटरभन्दा माथिको ३८ रुपैयाँ तोकिएको छ ।
तर कतिपय सार्वजनिक यातायातका चालक पुरानै भाडा दर कायम रहेको बताउँछन् । आफूकहाँ अहिलेसम्म समितिबाट लिस्ट नआइसकेको उनीहरूको भनाइ छ । यद्यपि इन्धनको मूल्य बढ्दा कमाएको पैसो पेट्रोल पम्पमा बुझाउँदा ठिक्क हुने उनीहरू बताउँछन् । यस्तै सरकारले ट्याक्सीको भाडा पनि बढाएको छ । तर, नयाँ भाडादर अनुसार यात्रुले भाडा दिन नमान्दा ट्याक्सी चालकहरू दिक्क छन् । सरकारले जतिपटक समायोजन गरे पनि आफ्नो समस्या बीसको उन्नाइस नभएको उनीहरूको गुनासो छ । आफूहरूले यातायात, घरेलु र प्यान गरी तीन ठाउँमा राजश्व तिरे पनि त्यो अनुसारको सुविधा पाउन नसकेको उनीहरूको गुनासो छ । यद्यपि भाडा बढ्दा भने केही राहत महसुस गरेको उनीहरू बताउँछन् ।

यता यात्रुहरू भने बारम्बारको मूल्यवृद्धिले आक्रोशित छन् । महंगी दिनप्रतिदिन बढे पनि आम्दानी नबढ्दा आफूहरूको ढाड सेकिएको उनीहरू बताउँछन् । जनताको समस्यामा सरकार रमिते बनेका उनीहरूको आरोप छ । पछिल्लो सरकारी निर्णयले कसैको भलो गरेको छैन । सबैको अभिभावक मानिने सरकारले निर्णय गर्नुअघि त्यसको बहुआयामिक प्रभावका बारेमा छलफल हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com