ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्चीको पानी चैत मसान्तसम्म पनि नआइपुग्ने भयो


एबीसी / संवाददाता

काठमाण्डौं, २५ चैत । मेलम्ची खानेपानी आयोजनाको पानी चैत मसान्तसम्म काठमाडौं नआउने भएको छ । मुहानबाट मूल सुरुङमा अझै पानी भर्न सुरु नगरिएकाले आयोजनाले राखेको लक्ष्यअनुसार चैत मसान्तसम्म पानी नआउने भएको आयोजनाका एक अधिकारीले बताउनभयो । ‘भारतबाट विभिन्न हाइड्रोमेकानिकल गेटहरुको रबर लगायतका मर्मत सामग्री ल्याउने काम भइरहेकाले सबै तयारी सकिने बाँकी रह्यो,’ आयोजनाका एक अधिकारीले भने,’त्यसै कारण निर्धारित लक्ष्य अनुसार काठमाडौंमा पानी झार्न नसकिने भयो ।’आयोजनालाई सुरुङ खाली गर्न प्राविधिक कठिनाइ परेको थियो । गत असारमा आएको बाढीको कारण क्षतिग्रस्त भएको आयोजनाको मुहान क्षेत्रको सुरुङमा अनुमानभन्दा बढी लेदो भेटिएको थियो । यसले सुरुङबाट पानी हटाउने काम (डिवाटरिङ) मा समस्या परेको थियो ।

आयोजनाले डाइभर्सन टनेलमा पानी भरेर परीक्षण लगरेपनि मूल सुरुङमा पानी भर्न सुरु गर्नै सकेको छैन । पानी भर्न सुरु गरेको करिब २ हप्तामा सुरुङ भरिएर सुन्दरीजलमा पानी आइपुग्छ । त्यसैले वैशाखको मध्यदेखि अन्त्यसम्ममा मात्रै काठमाडौंमा पानी झर्न सक्ने अवस्था देखिएको आयोजनाका अधिकारीहरु बताउँछन् । बाढीको जोखिमले असारबाट तिहारसम्म फेरि सुरूङ बन्द गर्नु पर्ने भएकाले लामो समय मेलम्चीको पानी उपयोग गर्न नपाइने अवस्था छ ।गत १ असारमा सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवर्क्स क्षेत्रमा क्षति पुगेको थियो ।त्यसपछि निरन्तर आएको बाढीले बगाएर ल्याएको गेग्र्रयानले डाइभर्सन सुरुङ र दुई वटा अडिट टनेलको मुख थुनेको थियो । जसले गर्दा सुरुङमा जमेको सबै पानी बाहिर निकाल्न सकिएको थिएन । अहिले पानी निकालेर सुरुङ खाली गरिएपछि सुपरीवेक्षणसहित गेटरुको मर्मत गर्ने काम भइरहेको छ ।अहिले ठेकदार कम्पनी सिनो हाइड्रोले बाहिरी भागमामा ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्रान हटाउने काम गरिरहेको छ । बाढीपहिरोले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क्स’का संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । त्यहाँ झन्डै तीनरचार लाख घनमिटर लेदो रहेको अनुमान छ ।
हेडवर्क्समा क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ ठाउँमा बनाउनुपर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com