ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता गठबन्धनलाई चुनावबाट जनताको आँगनमा लगेर पछार्ने अध्यक्ष ओलीको चेतावनी


एबीसी / संवाददाता

काठमाडौँ, ५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन अदालतले बनाइदिएको हुनाले चुनावबाट जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिनुभएको छ ।

एमाले सम्पर्क समन्वय कमिटीले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुद्दा जितेर आएका झगडियाहरुलाई जनतामा जाने अधिकार नै नरहेको बताउनुभयो । कांग्रेससँग जनतासँग जाने कुनै एजेण्डा नरहेकाले एमालेको भण्डाफोर गर्ने नीति लिएको भन्दै ओलीले एमालले आउने स्थानीय चुनावमा बहुमत सिट जित्नै पर्ने बताउनुभयो । त्यस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा पाँच पार्टीको गठबन्धन बनाएर चुनाव लड्न चुनौती दिनुभएको छ । आज (शनिबार) काठमाडौंमा आयोजित पार्टी सम्पर्क समन्वयको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी चुनावमा पाँच पार्टीको गठबन्धन बनाएर चुनाव लड्न सत्ता गठबन्धनलाई चुनौती दिनुभएको हो ।

उहाँले नेकपा एमाले चुनावमा एक्लै सामना गर्नको लागि तयार भएको बताउनुभयो । महासचिव पोखरेलले अहिले सत्ता गठबन्धनले चुनावसम्मै मिलेर जाने र एमालेलाई देखाइदिने बताउँदै आएको भन्दै एमालेसँग चुनाव लड्न पाँच पार्टीको गठबन्धनले पुग्दैन भने अरु पनि पार्टी थपेर मिलेर आउन चुनौती दिनुभयो । साथै उहाँले नेकपा माओवादीका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनाव सार्न प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिरहेको आरोप समेत लगाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com