ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यूएईसँग नेपाल ४८ रनले पराजित


एबीसी / संवाददाता
चैत्र ४, २०७८ शुक्रबार   ६ : ४४   बजे

काठमाडौँ, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ । दुबईमा शुक्रबार खराब ब्याटिङलाई निरन्तरता दिएपछि नेपाल आयोजक युएईसँग ४८ रनले पराजित भएको हो । युएईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २० रनमा समेटियो।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । ६० बलमा ४ चौका प्रहार गरेका रोहित अर्धशतकबाट ४ रनले चुके । रोहित अर्धशतकबाट मात्र चुकेनन्, उनी नेपालको लागि एकदिवसीयमा सर्वाधिक अर्धशतक बनाउने खेलाडीको कीर्तिमानबाट समेत चुके । खराब सुरुवात गरेको नेपाललाई रोहित र ज्ञानेन्द्र मल्लको साझेदारीले उकास्ने प्रयास गरेको थियो । ज्ञानेन्द्र मल्ल २८ रनमा आउट हुँदा ओपनर कुशल भुर्तेलले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । करन केसी ६, आसिफ शेख ७, दिपेन्द्र सिंह ऐरी ४, सोमपाल कामी ६, सन्दीप लामिछाने ७ रन बनाउँदा आरिफ शेख र कमल सिंह ऐरी शुन्यमा आउट भए । यूएईको जितमा बसिल हमिदले ४ तथा जुनेद सिद्दिकीले ३ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६८ रन बनाएको थियो । यूएईका रिजवान सीपी र रोहन मुस्तफाले समान ४०र४० रन बनाए । ओपनर मुहमद वसिमले २१ रन जोड्दा कासिफ दाउदले १८, बसिल हमिदले १४ तथा अहमेद राजाले १३ रन बनाए ।

यूएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ४ विकेट लिए । यस्तै करण केसीले ३ तथा सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान १/१ विकेट लिए । यस सिरिजमा नेपालको यो पहिलो हार हो । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो । युएईको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा युएईले पीएनजीलाई नै ७ विकेटले हराएको थियो । अब नेपालले तेस्रो खेलमा युएईविरुद्ध नै सोमबार प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मंगलबार खेल्नेछ । लिग टु मा कुल ७ टिम सहभागि रहेका छन् । नेपालले १० खेलमा १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । यूएई भने १६ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group