ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खर्च गर्ने प्रणाली नै परिवर्तन गर्न अर्थविद्को सुझाव,बजेट निर्माणको गृहकार्यमा अर्थ मन्त्रालय


एबीसी / संवाददाता

काठमाडौँ, २ चैत । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको गृहकार्यमा अर्थ मन्त्रालय लागिसकेको छ । संवैधानिक व्यवस्था अनुुसार जेठ १५ मा बजेट ल्याउन पाँच सदस्यीय बजेट मस्यौदा लेखन समिति निर्माण गरी मन्त्रालयले तयारी थालेको हो । कोभिड महामारीले थलापरेको अर्थतन्त्र तङ्ग्रीन नपाउँदै सात समुद्र पारीको युक्रेन र रुसबीचको युद्धको बाछिटा नेपालमा पनि देखिन थालेको छ ।

आगामी आर्थिक वर्षका लागि सिद्धान्त र प्राथमिकता निर्धारण गर्दै बजेटको मस्यौदा तयारीमा समिति जुटेको मन्त्रालयका प्रवक्ता ढुण्डीराज निरौलाले जानकारी दिनुभयो । विषयगत मन्त्रालय र क्षेत्रसँग क्रमशः छलफल गर्दै गइरहेको उहाँले बताउनुभयो । चालु आर्थिक बर्षको बजेट महिना वित्दा सम्म प्रभावकारी परिचालन हुन सकेको छैन । उसमाथि पछिल्लो समय मुलुकका समष्टिगत आर्थिक सूचक चुनौतीपूर्ण बन्दै गएका छन् । बढ्दो व्यापार घाटा, घट्दो रेमिट्यान्स, विदेशी मुद्रा संचितिमा देखिएको संकुचन लगायतका अवस्थालाई ध्यानमा राखी आगामी वर्षको बजेट निर्माणमा लाग्नुपर्ने अर्थविद्को सुझाव छ ।

वर्षभरी खर्च हुन नसकी पछिल्ला दुई तीन महिनामा मात्र पूँजीगत बजेट सक्ने प्रवृत्तिमा यस वर्ष पनि सुधार आउन सकेको छैन । खर्च गर्ने प्रणाली नै परिवर्तन गर्नुपर्ने अवस्था आएको पूर्व अर्थसचिव रामेश्वर खनाल बताउनुहुन्छ । अर्थतन्त्रलाई सन्तुलनमा राख्न बजेट निर्माणदेखि कार्यान्वयनको ठूलो भूमिका रहने भएकाले यसमा संलग्न सबै पक्ष सजग रहनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com