ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पिएनजीले नेपाललाई दियो २०५ रनको लक्ष्य


एबीसी / संवाददाता

काठमााडौँ, २ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृङ्खलामा पपुवा न्यु गिनी (पीएनजी) ले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ । शारजहाँमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको हो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए ।

ओपनरद्वय टोनी उरा र लेगा सिएकाले पहिलो विकेटका लागि अर्धशतकिय साझेदारी गरेका थिए । आरिफ शेखले दशौँ ओभरमा २७ रन बनाएका उरालाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराउदै ५१ रनको साझेदारी तोडेका थिए ।
यसै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानी डेब्यु गरेका सन्दीप लामिछानेले १३औं ओभरमा अर्का ओपनर लेगा सिएकालाई बोल्ड गर्दै नेपाललाई अर्को सफलता दिलाएका थिए । सिएकाले २५ रन जोडे । त्यसपछि कप्तान असद भाला र चार्ल्स अमिनीले इनिङ्स सम्हाल्ने प्रयास गरे । तर यी दुईबीचको ३५ रनको साझेदारी नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २४औं ओभरमा तोडे । भालाले १९ रन बनाए । ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो विकेट लिएका हुन् ।

अर्को ओभरमा हिरी हिरी खाता नखोल्दै आउट भएपछि पीएनजीले ९१ रनमा चौथो विकेट गुमायो । त्यसपछि पाँचौ विकेटका लागि अमिनी र चार्ड सोपरले ७४ रनको साझेदारी गरे । ४५ औं ओभरमा सोमपाल कामीले अमिनीलाई आउट गर्दै साझेदारी तोडेका थिए । त्यसपछि चार्ड सोपर ३५ र नोर्मन भानुअ २३ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले १-१ विकेट लिए । यस्तै दीपेन्द्र सिंह ऐरीले किफायती बलिङ गर्दै १० ओभरमा २६ रन मात्र खर्चिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com