ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर : काँग्रेस नेता सिंह


एबीसी / संवाददाता
चैत्र १, २०७८ मंगलबार   १ : २९   बजे

काठमाडौँ, १ चैत । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताउनु भएको छ । आज (मंगलबार) नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता सिंहले यस्तो बताउनुभएको हो । उहाँले हरेक निर्वाचनमा चाप्लुसी गर्ने व्यक्तिहरुले उम्मेदवारी पाउने गरेकोप्रति लक्षित गर्दै आफ्ना मान्छेहरुलाई स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटीका कारण सिंगो पार्टीलाई असर परिरहेको बताउनुभयो ।

नेता प्रकाशमान सिंहले नेपाली काँग्रेसले स्थानीय तहको लागि निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्न आवश्यक रहेको पनि बताउनुभयो । नेता सिंहले स्थानीय तहको निर्वाचनमा हरेक वडा तथा पालिकामा उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत हुनुपर्ने र सर्वसम्मत हुन नसके वडा तथा पालिकाहरुमा छाप छोडेको व्यक्तिलाई उम्मेदवारमा छनोट गर्नुपर्ने धारणा राख्नुभयो । नेता सिंहले भन्नुभयो, ‘वैशाख ३० गते स्थानीय निर्वाचनको डेट फिक्स भइसकेको छ । अहिले नेपाली काँग्रेस पार्टीको संगठन नै देशव्यापी रुपमा ६ हजार ७४३ वटा वडा समितिदेखि लिएर ७ सय ५३ वटा पालिकाहरुमा फोकसिङ गरेर राष्ट्रिय अभियान शुरु भइसकेको छ । ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ भन्ने अभियान सुरु भईसकेको छ । यसमा पार्टीका सबै नेता कार्यकर्ताले यस पटक आउने स्थानीय निर्वाचन संघीयतालाई कार्यान्वयनमा लैजानको लागि र संघीय, प्रान्तीय सरकार र स्थानीय सरकारको महत्व हो जनतासमक्ष पुर्याउनको लागि यो महत्वपूर्ण निर्वाचन हुन गईरहेको कारणले गर्दा यसमा काँग्रेसले उम्मेदवार चुन्दा पार्टीको विधान, नियमावलीको बाटो देखाएको छ । वडा वडाबाट, टोलटोलबाट वडालाई उम्मेदवार छान्दा काँग्रेसी सबैले विधानले भनेका कुराहरुलाई पालना सबैले गर्नुपर्छ ।

सिफारिस गर्दा एक महिलासहित ३ जना सम्भावित उम्मेदवारहरुलाई सिफारिस गर्नुपर्छ भन्छ वडा तहदेखि लिएर । काँग्रेसमा देखा परेको कस्तो हो भने कोही सबैको प्रियपात्र हुन खोज्ने, विधि विधानअनुसार पालना नगराउने, भन्ने तीन जनाको सिफारिस १५र२० जना पठाएपछि कहाँबाट राम्रोसँग हुन्छ । त्यसकारण पार्टीको विधानले जे भनेको छ, सिफारिस गर्ने कमिटीले १ महिलासहित तीन, सर्वसम्मत भए सर्वसम्मतबाट नभए तीन जनाको नाम सिफारिस गर्ने, समितिहरु, इकाईहरु त्यसमा केन्द्रित भयो भने राम्रो हुन्छ । त्यस्तै, नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचत अध्यक्ष रवि सिंहले नेपाली काँग्रेसको नेतृत्वको सरकार बनेपछि निर्माण व्यवसायीहरुले राहत महशुस गरेको बताउनुभयो । उहाँले आफूले निर्माण व्यवसायीहरुको हकहितका लागि काम गर्ने र निर्माण क्षेत्रमा रहेका विकृतिहरुलाई समाधान गर्ने पनि बताउनुभयो । अध्यक्ष सिंहले भन्नुभयो, ‘म संलग्न पार्टीको सरकार बनेपछि निर्माण व्यवसायीहरुले ठूलो रहाहत महशुस गरेको छ । निर्माण व्यवसायीहरुको हकहितका लागि हामी लडिरहनेछौँ । सिमित निर्माण व्यवसायीहरुको हातमा मुलुकको निर्माणको बाटो गएको छ, त्यसबाट धेरै वटा विकृतिहरु भित्रिएका छन् । त्यसलाई न्युन गर्ने काममा ११ औँ संशोधनले गर्नेछ । त्यसलाई कार्यान्वयन गराउने मेरो प्रमुख जिममेवारी हो । अध्यक्ष सिंहले गत कार्यकालमा भन्दा नयाँ कार्यकालमा आफूले निर्माणका काममा गएको अठोटलाई पूरा गर्ने बताउनुभयो । उहाँले कोरोनाको कारण अस्तव्यस्त बनेको निर्माण उद्योगलाई सही बाटोमा ल्याउन अबका दिनमा तीव्र गतिमा काम अघि बढाउने प्रतिवद्धता समेत जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group