ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनको राजधानी कीभ कब्जाको लागि अघि बढिरहेको रुसी सेना र युक्रेनी सेनाबीच भीषण युद्ध


एबीसी / संवाददाता
फाल्गुन २९, २०७८ आईतबार   १ : २५   बजे

काठमाडौँ, २९ फागुन । रुसले युक्रेनको राजधानी कीभ कब्जाको लागि गरिरहेको लडाई अन्तिम चरणमा पुगेको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सेनाले कीभलाई तीन तर्फबाट घेरेको छ । कीभ कब्जाका लागि अघि बढिरहेको रुसी सेनालाई युक्रेनी सेनाले हिम्मत नहारी रोक्ने प्रयास गरिरहेको छ । अहिले रुसी र युक्रेनी सेनाबीच भीषण युद्ध भइरहेको पनि संचारमाध्यमहरुले जनाएका छन् । अब जुनसुकै बेला पनि लडाइँ कीभमा प्रवेश गर्न सक्नेछ ।

रुसले युक्रेनमाथि हमला गरेको आइतबर १८ दिन पुगेको छ । रुसले युक्रेनमा धेरै जसो संरचनाहरु ध्वस्त पारेको छ । तर पनि युक्रेनी सेनाले हार भने मानेको छैन । कीवलाई रुसी सेनाले युद्ध ट्यांकले घेरेका छन् । कीव कब्जाका लागि अघि बढेको रुसी सेनाले युक्रेनमा धेरैजसो शहर कब्जामा लिएको छ । सबैतिर विस्फोटका अवाजका कारण युक्रेनी नागरिकमा डर र त्रास बढेको छ । १५ लाख भन्दा बढि युक्रेनका नागरिक युद्धबाट जोगिन छिमेकी मुलुकहरुमा शरण लिन पुगेका छन् । रुसले सबैतिर आक्रमणको निसाना बनाएपछि युक्रेनमा महिला बालबालिका र बृद्धबृद्धाको अवस्था निकै गम्भीर बनेको छ । रुसले युक्रेनको मारिउपोल शहर कब्जामा लिएपछि त्यहाँका मानिसहरु थाेरै खाना र पानी बीना दिन र रात काट्न बाध्य भएका छन् । युद्धका कारण पानी र बिजुलीको लाइन ध्वस्त भएका छन् ।

कीभमा ठूलो आक्रमणको लागि रुसी सेना तयार अवस्थामा बसेको छ । रूसी सेनाले किभ नजिकैको एउटा गाउँ खाली गर्न महिला र बालबालिका माथि गोली हानेको र त्यसमा सात जनाको मृत्यु भएको युक्रेनले बताएको छ । युक्रेनका सबै शहरहरुमा युद्धको साइरन बजेको संचारमाध्यमहरुले जनाएका छन् । अहिलेसम्म रुसले युक्रेनमाथि आक्रमण गर्दा युक्रेनका १३ सय सेनाको ज्यान गएको छ भने धेरै नागरिकको पनि ज्यान गएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group