ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चैतमा पनि फागुनकै ब्याजदरलाई निरन्तरता दिने बैंकर्स संघको निर्णय


एबीसी / संवाददाता
फाल्गुन २९, २०७८ आईतबार   १ : १४   बजे

काठमाडौँ, २९ फागुन । वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने निर्णय गरेका छन् । बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले निक्षेपमा फागुनकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरिएको जानकारी दिनुभयो ।

बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् । फागुन महिनामा सहज भए चैतका लागि ब्याजदर घटाउने बैंकर्सहरुको भनाइ थियो । तर तरलता समस्या सहज नभएपछि ब्याजदर स्थिर राख्ने बैंकहरुले भद्र सहमति गरेका हुन् । ब्याजदर घटाउने वा बढाउने भन्ने विषयमा शुक्रबार साँझ २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठक बसेको थियो । बैठकमा ब्याजदर बढाउने वा घटाउने विषयमा सीईओहरु विभाजित देखिएका थिए ।

अधिकांश बैंकर्सहरुले ब्याजदर घटाउने होइन बढाउनु पर्ने धारणा राखेका थिए । तर ब्याजदर बढाएरमात्रै निक्षेप नआउने भन्दै आइतबार ब्याजदर स्थिर राख्ने निणर्य संघले गरेको हो । निक्षेपको ब्याजदर बढाउँदा कर्जाको ब्याजदरमा समेत असर गर्छ । हरेक तीन-तीन महिनामा बैंकहरुले आधार दर सार्वजनिक गर्नुपर्ने नियम छ । निक्षेपको ब्याजदर बढ्दा आधार दर बढ्ने हुन्छ, जसको प्रत्यक्ष असर ऋणको ब्याजदरमा समेत पर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group