ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसीबारे पार्टीभित्रको विवादमा आफ्नो प्रस्ताव विफल भए पदबाट राजीनामा दिने : अध्यक्ष दाहाल


एबीसी / संवाददाता

काठमाडौँ, २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीभित्रको विवादमा आफ्नो प्रस्ताव विफल भए राजीनामा दिने घोषणा गर्नुभएको छ । विराटनगरमा पत्रकारहरुसँग अध्यक्ष दाहालले एमसीसी विवादबारे पार्टीभित्र चुनावपछि फेरि छलफल गरिने भन्दै त्यसबेला आफ्नो निर्णय र प्रस्ताव विफल भए पदबाट राजीनामा दिने उद्घोष गर्नुभएको हो ।

‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु । ढुक्क हुनुहोला’, प्रचण्डले भन्नुभयो । व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर मुलुकलाई दुर्घटनामा जानबाट रोकाएको दावी गर्नुहुने दाहालले पार्टीभित्र विमतीको स्वर राख्नेहरुलाई फेल गरेर देखाउन चुनौती दिनुभएको हो । अर्को प्रसंगमा अध्यक्ष दाहालले नेकपा एमालेसँग तत्काल सहकार्य पनि सम्भव नरहेको भन्दै एमाले अध्यक्ष केपी ओली आफूहरुप्रति नकारात्मक मात्रै पाएको उल्लखे गर्नुभयो ।

उहाँले गठबन्धन गर्न परे चुनावका बेला सत्तारूढ गठबन्धनसँगै गरिने बताउनुभयो । ‘सकेसम्म आफ्नै खुट्टामा उभिएर चुनावमा जान्छौं,’ उहाँले भन्नुभयो, ‘कहीँकतै तालमेल हुन सक्छ, तालमेल हुने भयो भने सत्तारूढ गठबन्धनसँगै हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com