ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी : उपमहासचिव ज्ञवाली


एबीसी / संवाददाता
फाल्गुन २९, २०७८ आईतबार   १२ : १७   बजे

काठमाडौँ, २९ फागुन । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ । सत्ता गठबन्धनमा रहेका दलहरुले एकल बहुमत हाशिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई पर धकेल्ने प्रयास गरेको समेत उहाँले आरोप लगाउनुभएको हो । एमालेको दवावपछि स्थानीय निर्वाचनको मिति तय गरिएको समेत उहाँको भनाइ छ। उहाँले गठबन्धन दल निर्वाचनबाट भाग्न सबै उपाए खोजेपनि जनताको र एमालेको दवाव थेग्न नसकेर चुनाव हुने पक्का भएको बताउनुभएको छ ।

एमालेप्रति जनताको आर्कषण देखेर सत्ता गठबन्धन दलहरुले एक्लै चुनाव लड्ने स्थितिमा पुगेको उहाँले बताउनुभयो । गुल्मी रुरु क्षेत्र-रुपन्देही सम्पर्क मञ्चले बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आज (आइतबार) उहाँले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ । नेकपा एमाले मुलुकको पहिलो शक्तिका रुपमा स्थापित हुने दावी गर्दै उहाँले नेता कार्यकर्तालाई निर्धक्क भएर निर्वाचनको तयारीमा लाग्न आग्रह समेत गर्नुभयो । उहाँले एमाले एक्लै चुनाव लडेर मुलुक भरका स्थानीय तहमा जित हाशिल गर्ने सुनिश्चि भएको दावी गर्दै त्यसको प्रमाण एमाले बाहेका दलहरुको गठबन्धनको तयारी र प्रधानमन्त्री समेतले गठबन्धन दललाई नचिडाउँन दिएको निर्देशनले काग्रेस समेत एमालेसँग एक्लै चुनाव लड्न सक्दैन भन्ने प्रमाण भएको बताउनुभयो ।

उहाँले एमाले सरकारले गरेका काम जनतासम्म मात्रै पुराउँदा एमाले बाहेकका दललाई जनतासँग भोट माग्न जाने हैसियत नहुने पनि उहाँको भनाइ छ । वर्तमान सरकारले मुलुकमा बाह्य हस्तक्षेप बढाउने काम गरेको नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आरोप लगाउनुभयो । उपमहासचिव ज्ञवालिले अहिलेको सरकारकै कारण मुलुकको आर्थिक अवस्था टाँट पल्टिने अवस्थामा गईरहेकोप्रति चिन्ता समेत व्यक्त गर्नुभयो । गठबन्धन सरकार बनेपछि मुलुकले आर्थिक घाटा व्यहोर्नुका साथै मुद्रा स्थिति दर चिन्ताजन अवस्थामा गएकोमा दुःख व्यक्त गर्दै बढ्दो मङ्गी र मुलुक आर्थिक संकटमा पर्दा पनि सरकार र सत्ता गठबन्धन दलहरु गम्भीर नभएको उहाँको आरोप छ । त्यस्तै एमसीसीको विषयमा जनतालाई भ्रमित गर्ने काम गरेको उहाँले असन्तुष्टि जनाउनुभएको छ । सत्तारुढ दलभित्रै एमसीसीका विषयमा धारणा फरक र द्वयद चरित्र देखिएको बताउँदै उहाँले सो विषयमा संसदमा छलफल गर्ने वातावरण समेत नगराएर पारित गर्नु दुःखद भएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै, सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष लिला गिरीले नेता कार्यकर्ताहरुलाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तीब्रताका साथ लाग्न आग्रह गर्नुभएको छ । मुलुकलाई निकास दिने र वैकल्पिक शक्ति नै नेकपा एमाले भएको दावी गर्दै उहाँले जनताको साथ पाउनेमा ढुक्क हुन समेत आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group