ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले मानसिक सन्तुलन गुमाएर जथाभावी बोल्न थालेको गम्भीर आरोप : अध्यक्ष नेपाल


एबीसी / संवाददाता
फाल्गुन २७, २०७८ शुक्रबार   ६ : २५   बजे

काठमाडौँ, २७ फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले मानसिक सन्तुलन गुमाएर जथाभावी बोल्न थालेको गम्भीर आरोप लगाउनुभएको छ । शुक्रबार समाजवादी प्रेस संगठनले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो आरोप लगाउनुभएको हो । अध्यक्ष नेपालले राष्ट्रियसभा निर्वाचनमा एमालेलाई गठबन्धनले धुलो चटाएपछि ओलीले मानसिक सन्तुलन गुमाएर एकीकृत समाजवादी पार्टी र गठबन्धन सरकारविरुद्ध जथाभावी बोल्न थालेको बताउनुभयो ।

मानसिक सन्तुलन गुमाएको मान्छे उपचार गर्न छाडेर सडकमा जथाभावी बोल्दा आफ्नै स्वास्थ बिग्रने भन्दै अध्यक्ष नेपालले समयमै उपचार गर्न ओलीलाई सुझाव दिनुभयो । नेपालले आगामी निर्वाचनमा पाँच दलिय गठबन्धन मिलेर चुनावी तालमेल गर्ने पक्का भएकाले कसैलाई पनि भ्रममा नपर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री स्वयंले चुनाबी तालमेलको कुरा गरिसकेकाले चुनावसम्म गठबन्धन कायम रहने बताउनुभयो । ‘एमसीसी पास गरेर अमेरिकाको मतियार बन्नुभयो नि ? भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष नेपालले गठबन्धन सरकारकै कारण एमसीसी व्याख्यात्मक टिप्पणीसहित पास भएको बताउनुभयो ।

एमसीसी जस्ताको तस्तै पास गर्न आफूहरूले रोकेको दाबी गर्नुभयो । ओलीले संसदमा दर्ता गर्न लगाएर एमसीसीको प्रवक्ता बनेको समेत उहाँको आरोप छ । अध्यक्ष नेपालले ओली प्रधानमन्त्री हुँदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गलत व्यक्ति नियुक्त गरेकाले प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group