ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसीको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउनुपर्ने : खनाल


एबीसी / संवाददाता
फाल्गुन २५, २०७८ बुधबार  ६ : ५६ बजे

काठमाडौँ, २५ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीमा नेपालले गरेको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउनुपर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्नै उहाँले भन्नुभयो, ‘हामीले एकतर्फी व्याख्यात्मक घोषणा भनेर जे गरिएको छ, त्यसलाई उपलब्धिपूर्ण बनाउनुपर्छ । यसलाई सम्झौताको अंग बनाउनुपर्छ ।’ यही फागुन १५ गते प्रतिनिधिसभाले १२ बुँदे व्याख्यात्मक घोषणा गर्दै एमसीसी सम्झौता अनुमोदन गरेको थियो । तर, उक्त घोषणालाई अमेरिकाले स्वीकार वा अस्वीकार गरेको केही भनेको छैन् । यही बेला नेता खनालले सम्झौताको अंग बनाउनुपर्ने बताउनुभएको हो । ‘जस्ताको तस्तै कार्यान्वयन भए चीन विरोधी हुन्छ’ नेता खनालले नेपालले गरेको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग नबनाई जस्ताको तस्तै कार्यान्वयनमा लगिए एमसीसी कम्युनिस्ट र चीन विरोधी हुने टिप्पणी गर्नुभयो ।

‘एमसीसी अब कसरी कार्यान्वयन हुन्छ । यसले व्याख्यात्मक घोषणाको अर्थलाई प्रष्ट्याउँछ’ उहाँले भन्नुभयाे, ‘अहिले कै शर्तमा कार्यान्वयन भयो भने यो कम्युनिस्ट र चीन विरोधी हुन्छ ।’ व्याख्यात्मक घोषणलाई नमान्दा एमसीसी एकलौटी सम्झौताजस्तो हुने र नेपालको भन्दा अमिरिकी हितलाई माथि राखिएको हुन जाने खनाल बताउँनुहुन्छ। साथै व्याख्यात्मक घोषणालाई मान्दा एमसीसीको नाममा विवाद गर्ने कुरा अब नरहेको उहाँले बताउनुभयाे । ‘एमसीसीमै केही कुरा भए पनि चुनावसम्म स्थगन गरौं’ खनालको प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्वेाने समाज युकेले बनायाे कागबेनीमा गुम्बा

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

सम्बन्धित

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com