ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मूल्य बढाएपछि खाने तेलको निर्यात रोक्न छलफल


एबीसी / संवाददाता

काठमाडौँ, २५ फागुन । नेपालबाट भारततर्फ निर्यात हुने खाने तेलको निर्यात रोक्न सरकारले छलफल थालेको छ । नेपालमा कृत्रिम अभाव सिर्जना गरेर तेल भारततर्फ निकासी भइरहेपछि निर्यातमा कडाइ गर्न खोजिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

स्वदेशको खपतभन्दा पनि उच्च मात्रामा नेपालमा तेल आयात भए पनि व्यवसायीले भारततर्फ निर्यात बढाएर कृत्रिम मूल्य वृद्धिको अवस्था सिर्जना गरेपछि निर्यात रोकेर आपूर्ति बढाउन खोजिएको मन्त्रालय उच्च स्रोतले बतायो । आपूर्तिको नियमअनुसार आपूर्ति बढ्दा मूल्य घट्ने र आपूर्ति घट्दा मूल्य बढ्नुपर्ने हो तर यहाँ त्यस्तो देखिएन,’ एक अधिकारीले भने ‘तेस्रो देशबाट आयात गरेर पुनः अर्को मुलुकमा किन पठाउने ?’ तेल उद्योगीले नेपालमा आफ्नो अनुकुलको मूल्य राखेर मात्रै तेल बजारमा पठाउने गरेको सरकारी ठहर छ । खाने तेलको निर्यात रोक्नेबारे कुराकानी भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

केही दिनअघि तेल उत्पादकसँग विभागले यसबारे धारणा मागिएको विभागका एक अधिकारीले बताउनुभयाे । ‘प्रशस्त आयात गरेर पनि बजारमा उद्योगीले कार्टेलिङ गरेपछि नयाँ निर्णय लिन अध्ययन थालेका हौं, व्यवसायीले आफूहरुसँग मौज्दात नरहेको दावी गरेका छन्,’ विभाग स्रोतले भन्यो । चालु आवको ७ महिनासम्म नेपालमा १२ अर्ब ३८ करोडको सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । यस्तै ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको भटमासको कच्चा पदार्थ तथा कच्चा तेल नेपाल भित्रिएको छ । यस्तै ३७ अर्ब ७० करोडको सोयबिन तेल भारतर्फ निर्यात भएको छ भने २ खर्ब ६३ करोडको सनफ्लावर तेल नेपालबाट निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com