ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस विरुद्धको युद्धमापछि नहट्ने युक्रेनका राष्ट्रपति जेलेन्स्कीको दाबी


एबीसी / संवाददाता

काठमाडौँ, २५ फागुन । रुससँग युद्ध लडिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस विरुद्धको युद्धमा पछी नहट्ने दावी गर्नुभएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई भर्चुअल माध्सयमबाट सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुस विरुद्धको युद्धमा सबै मोर्चाबाट आक्रमण जारी राख्ने बताउनुभएको हो । उहाँले जमिन, जंगल, समुद्र र आकाशबाट रुसी सेनाविरुद्धको प्रत्याक्रमण तिव्र पार्ने समेत बताउनुभयो ।

बेलायतले सन् २०२२ को अन्त्यसम्म रुसी तेल आयात पूर्णरुपले बन्द गर्ने घोषणा गरेपछि युक्रेनका राष्ट्रपतिले हाउस अफ कमन्समा सम्बोधन गर्नुभएको हो । सोही क्रममा जेलेन्स्कीेले युक्रेनको आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्न पश्चिमा जगतसँग पुनः माग गर्नुभयो । उता अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसी तेल, ग्यास र कोइला आयातमा पुर्ण रुपमा प्रतिबन्ध लगाइएको घोषणा गर्नुभएको छ । यसैबीच अमेरिकी रक्षा अधिकारीहरूले केही रूसी सैनिकले आत्मसमर्पण गरेको दावी गरेका छन् । युक्रेनी फौजको प्रतिवादका कारण रुसी आक्रमणको गतिविधिमा भएको र रुसी केही सैनिकले आत्मसमर्पण पनि गरेको दावी गरेका हुन् । पोल्याण्डले आफुसँग भएका युद्धक विमान अमेरिकी सेनालाई हस्तान्तरण गर्न तयार रहेको बताएको छ ।

पोल्याण्डसँग रुसमा निर्मित एम.आई.जि-२९ फाइटर जेट रहेको छ । उक्त विमान युक्रेनलाई सिधा नदिएर जर्मनीस्थित अमेरिकी सैनिक अखडालाई हस्तान्तरण गर्न पोल्याण्ड राजी भएको हो । त्यसको बदलामा आफूलाई चाहिने फाइटर जेटहरु अमेरिकाले उपलब्ध गराउनुपर्ने पोल्याण्डको सर्त छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com