ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिइङ ह्युमनका सञ्चालकसहित चार जनाविरुद्ध राजस्व छली मुद्दा


एबीसी / संवाददाता

काठमाडौँ, २४ फागुन । राजस्व अनुसन्धान विभागले मदिराको चोरी पैठारी गरेर राजस्व छलेको आरोपमा बिइङ ह्युमनका सञ्चालकसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

साढे ४ करोड रुपैयाँ बराबरको मदिरा अवैध रूपमा भित्र्याएको र राजस्व छलेको अभियोगमा उनीहरू विरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताउनुभयाे । बिइङ ह्युमनका सञ्चालक पर्सा जिल्ला सुगौली गाउँपालिका २ घर भई काठमाडौं बुढानीलकण्ठ बस्ने सन्तोषचन्द्र बख्रेल, पर्साकै ठोरी गाउँपालिका ५ सुवर्णपुर घर भई काठमाडौं हाँडीगाउँ बस्ने रविन पाख्रिन, सर्लाही बरथहवा नगरपालिका ९ घर भई काठमाडौं महानगरपालिका ७ सरस्वती नगरपालिका ७ बस्ने नारायणप्रसाद घिमिरे र कागेश्वरी मनहरा ६ का शैलेस पन्त बिरुद्ध मुद्धा दायर गरिएको विभागले जनाएको छ । आरोपितहरु प्रत्येकविरुद्ध ४ करोड ४६ लाख ३७ हजार रुपैयाँ विगो र सोही बराबरको जरिवानाको माग दाबी गरिएको छ । आरोपितहरुले भन्सार छलेर ल्याएको मदिरा र ढुवानी साधनसमेत जफत गरिएको विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भत्ताबापत आउने रकम शिक्षा र सामाजिक क्षेत्रमा खर्च गर्ने झिमरुक गाउँपालिका अध्यक्षको घोषणा

प्युठान, ६ जेठ । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीतबहादुर एमसीले आफूले राज्यबाट पाउने तलब भत्ता नलिने घोषणा गरेका छन् । शुक्रबार गाउँपालिका कार्यालयमा सपथ ग्रहणपछि

दशकौंदेखि नेकपा एमालेको गढ रहेको रुरु क्षेत्रमा पूर्व मुख्यसचिवको सहयोगमा यदुको उदय

गुल्मी, ६ जेठ । दशकौंदेखि नेकपा एमालेको गढको रुपमा परिचत रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवा नेता यदु ज्ञवाली विजयी भएका छन् । ज्ञवाली

कलैया उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

काठमाडौं, ६ जेठ । नेकपा एमालेले बारास्थित कलैया उपमहानगरपालिकाको मेयर–उपमेयर दुवै पदमा विजय हाँसिल गरेको छ।सत्तारुढ चार दलीय सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेले २०७४ को

सम्बन्धित

दशकौंदेखि नेकपा एमालेको गढ रहेको रुरु क्षेत्रमा पूर्व मुख्यसचिवको सहयोगमा यदुको उदय

कलैया उपमहानगरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

६ सय ४८ पालिकाको मत परिणाम : कांग्रेस २ सय ९१, एमाले १ सय ७९ र माओवादी १ सय १२ वटामा विजयी

मतपेटिका लुटेर भागेका बैठा पक्राउ : यस्तो छ उनको विगत

एमाले ओलीको आयोजित सभामा भीड, नतिजा भने शून्य एमाले

दाङका ९ पालिकाका नवनिर्वाचित प्रमुखले लिए सपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com