ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीकोटमा बढ्याे चुनावी सरगर्मी


एबीसी / संवाददाता
फाल्गुन २३, २०७८ सोमबार  २ : १५ बजे

मान्म, २३ फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका पक्षमा माहोल बनाउन कालीकोटका राजनीतिक दल सक्रिय भएका छन् । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकासहित ८२ वटै वडामा जनप्रतिनिधि चुन्नका लागि हुन लागेकोे निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ । जिल्लाका मुख्य राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतले निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन् । राजनीतिक दलको यो अभियानसँगै निर्वाचनको सरगर्मी बढ्न थालेको छ ।

भेला, बैठक र प्रशिक्षणका कार्यक्रम लिएर दलका नेता गाउँगाउँ पुग्न थालेपछि ग्रामीण भेगसम्म नै चुनावी सरगर्मी बढेको हो । आगामी निर्वाचनमा वडादेखि पालिकासम्मको नेतृत्वमा पुग्न आकाङ्क्षीले दलभित्रसमेत आफ्नो उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये पाँच वटा पालिकामा माओवादी केन्द्र, एक पालिकामा नेपाली कांग्रेस र एक पालिकामा नेकपा एमाले र दुई पालिकामा एकीकृत समाजवादी विजयी भएका थिए । कांग्रेस विगतमा स्थानीय तह निर्वाचनमा गुमेको साख फर्काउने योजनामा छ । एमाले आफ्नो साख जोगाउने लक्षमा छ । नेकपा (माओवादी केन्द्र) पहिलो शक्तिका रुपमा स्थापित हुने प्रयत्नमा देखिन्छ । स्थानीय तह र वडास्तरमा रहेका पार्टीका समितिको बैठक डाकेर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको कांग्रेसको जिल्ला कार्य समितिको बैठकले थप निर्वाचन लक्षित योजना पनि बनाएको पार्टीका जिल्ला सभापति अम्बबहादुर शाहीले बताउनुभयो । “सबै शक्ति अब चुनावमा केन्द्रित गर्छौं, पार्टी सङ्गठनसँगै विभिन्न भ्रातृ तथा सुभेच्छुक सङ्गठनहरु चुनावी अभियानमा सक्रिय भएका छन्, भेला, बैठक, प्रशिक्षणका कार्यक्रमले थप व्यापकता पाउँछन्”, उहाँले भन्नुभयो, “पालिका कार्यसमितिले निर्णय गरेर टोल अभियान सञ्चालन गरिरहेका छन् ।”

पालिका कमिटीको बैठकमार्फत वडा कमिटी हुँदै टोल र टोल कमिटी गठन गर्ने र जनवर्गीय सङ्गठनको पुनर्गठन र विस्तारका कार्यक्रमलाई अघि बढाइएको माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मीप्रसाद चौलागाईंले बताउनुभयो । “स्थानीय तहको निर्वाचनका लागि सबै पालिका र वडा कमिटीलाई चुनावमा केन्द्रित हुन भनेका छौँ”, उहाँले भन्नुभयो, “सबै पालिका र वडा कमिटी क्रियाशील छन्, यसपटक माओवादीको सुदृढ सङ्गठनले जिल्लामा मजबुत नतिजा ल्याउने गरी अघि बढेका छौँ ।”
एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले समेत आफ्नो सङ्ठनलाई जिल्लाको सबै पालिकास्तरमा विस्तार गर्ने गरी गतिविधिलाई तीव्रता दिएको छ । पार्टी सङ्गठन निर्माणसँगै जनवर्गीय सङ्गठन निर्माण र चुनाव लक्षित भेला तथा प्रशिक्षणका गतिविधि अघि बढाइएको पार्टीका जिल्ला अध्यक्ष विश्वराज बमले बताउनुभयो । जिल्लामा एमाले, कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) एक्लाएक्लै प्रतिस्पर्धा गर्ने अवस्था आएमा साना पार्टीका मतदातासमेत कतिपय वडा र पालिकामा निर्णायक बन्ने देखिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

क्षेत्र फेर्ने ‘डबल स्ट्यान्डर्ड’? गगनको मधेश ‘जोखिम’, प्रचण्डको पुरानो ट्रेन्ड र बालेनको ‘निःशुल्क चर्चा’ दाउ !

प्रचण्ड नेतृत्वको नेकपाले सुदूरपश्चिम र कर्णालीसम्म उम्मेदवार टुंग्यायो

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि

सुर्खेतमा मिटरब्याजका ४२ मुद्दा दर्ता, ठगी हुनेमा अधिकांश महिला

कर्णालीमा शिक्षण सिकाइ उपलब्धि कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com