ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुक्ला विमानस्थल नजिकैको सामुदायिक वनमा डढेलो, एक घण्टासम्म विमानस्थल बन्द


एबीसी / संवाददाता
फाल्गुन २३, २०७८ सोमबार  ११ : ५३ बजे

काठमाडौँ, २३ फागुन । तेन्जिङ हिलारी विमानस्थल नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भिषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले जनाएका छन् ।

खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले अत्यधिक भिर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि हेलिकप्टर झिकाइएको जानकारी दिनुभयो । आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौंबाट हेलिकप्टर उडिसकेको बताइएको छ । आगोको धुवाँका कारण आज बिहान करिब एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिनुभयो । अहिले विमानस्थल सञ्चालनमा आइसकेको जनाइएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ मा पर्ने उक्त जङ्गलमा लागेको आगो फैलँदो अवस्थामा रहेको स्थानीयवासी रामे तामाङले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ओमप्रकाश यादवले भने आगलागीका विषयमा जानकारी नभएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुँदै

नेपाल एयरलाइन्सको पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

सम्बन्धित

विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुँदै

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने

नेपाल एयरलाइन्सको पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

ट्रम्पको आक्रामक नीतिविरुद्ध ‘चोक प्वाइन्ट’ रणनीति: प्रतिस्पर्धी राष्ट्रहरूको नयाँ प्रतिकार

बादलको विवादास्पद अभिव्यक्ति : एमालेकै नेताहरू असन्तुष्ट

पेट्रोलको मूल्य २ सय नाघ्यो, डिजेल १८० (सूचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com