
काठमाडौं, २७ पुस । एमबीबीएसको प्रश्नपत्र लिक गरेको प्रकरणमा गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे सहित ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । अदालतले अभियोग लागेका पाण्डेसहित ६ जनालाई दोषी ठहर गरेको छ भने अन्य २ लाई सफाइ दिएको छ ।
अभियुक्त पाण्डेलाई अदालतले ९ महिना कैद सहित ५ लाख ५ हजार जरिवाना सुनाएको छ । यस्तै सोही कलेजका खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद सहित २५ सय जरिवाना हुने फैसलामा उल्लेख गरिएको छ ।
प्रश्नपत्र लिक प्रकरणमा संलग्न अन्य प्रभातकुमार कुशवाहलाई ४ वर्ष कैद र ३४ लाख जरिवाना, धर्मेन्द्र यादवलाई एक वर्ष कैद र ९ लाख जरिवाना, जिवछ यादवलाई १ वर्ष कैद र ५ लाख २ हजार जरिवाना र महेश्वरप्रसाद यादवलाई २ वर्ष कैद १७ लाख १ हजार जरिवानाको फैलसा सुनाएको छ । सोहि प्रकरणमा आरोपित शहिद अख्तर र धर्मेन्द्र संग्रौलालाई अदालतले सफाई दिएको छ ।
वि।स २०७१ मंसिरमा भएको एमबिबिएस परीक्षामा गोल्डेन गेटका संचालकको योजनामा प्रश्नपत्र आउट भएको अदालतको ठहर छ । गोल्डेनगेटबाट परीक्षामा परीक्षा सुरु हुनु भन्दा ६ मिनेट अघि प्रश्नपत्र आउट भएको थियो ।







प्रतिक्रिया दिनुहोस्