ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रूस सिर्जित सङ्कटसँग जुझ्न एकताका लागि अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह


एबीसी / संवाददाता

वासिङ्टन, १८ फागुन । रूसले यूक्रेनमा आक्रमण गरेपछि सिर्जित सङ्कटसँग जुझ्न ‘अमेरिकी स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले द्विपक्षीय सहयोग आवश्यक रहेको बताउँदै सबै विधायकलाई एकताका साथ अघि बढ्न आग्रह गर्नुभएको छ ।

विश्वले कोभिड-१९ को महामारीका कारण मारमा परेको अर्थतन्त्रलाई व्यवस्थापन गर्दैगर्दा रूसले यूक्रेनमा गरेको आक्रमणले पुनः विश्वमा तनाव बढेको उहाँले बताउनुभयो । बाइडेनले पूरै एक घण्टाको सम्बोधनलाई रूसको यूक्रेनी भूमिमा भएको हस्तक्षेप रोक्ने बिषयमा केन्द्रित गर्नुभएको थियो । बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पूटिनलाई ‘रूसी तानाशाह’ को सज्ञा दिँदै यूक्रेनी सेनालाई अमेरिकी सहयोग रहिरहने बताउनुभयो । यद्यपि उहाँले तत्काल अमेरिकी सेनालाई यूक्रेन नपठाइने बताउनुभयो । उहाँले दुष्ट नजर लगाउँदै अघि बढेको ‘रूसी सम्भ्रान्तको कुटिल डुङ्गा’लाई जफत गरिछाड्ने प्रतिज्ञा गर्दा अमेरिकी सदनमा सत्तापक्ष र प्रतिपक्ष सदस्यहरूले तालीको गडगडाहटद्वारा स्वागत गरेका थिए, जुन पछिल्लो समय अमेरिकी कङ्ग्रेसमा दुर्लभ दृष्य थियोे ।

रूस विरुद्ध अभूतपूर्व आर्थिक प्रतिबन्ध र उत्तर एटलान्टिक सन्धि संगठनमा आवद्ध नरहेको (गैर-नेटो) मुलुक युक्रेनमा सैन्य सहायताको प्रबाहका लागि पश्चिमी सहयोगीहरूलाई एकजुट पार्न हप्तौंसम्म काम गरेपछि संसदमा गरेको सम्बोधनमा बाइडेनले विश्वव्यापी अमेरिकी नेतृत्व पुनर्जीवित भएको कुराको चित्र प्रस्तुत गर्नुभएको थियो । उहाँले भन्नुभयो, “लोकतन्त्र र निरंकुशताबीचको लडाइँमा लोकतन्त्र अहिलेको अवस्थामा जागिरहेको कुरा सत्य हो ।” मुख्यतया चार दशकमा उच्चतम मुद्रास्फीतिले गर्दा आफ्नो राष्ट्रपति पदको एक वर्षमा डेमोक्रेट्सले झन् झनै निराश र अक्सर पूर्णतया निर्वाचन क्षेत्रहरूमा विरोधको सामना गर्नु परेको छ । नोभेम्बरको मध्यम संसदीय निर्बाचनमा रिपब्लिकन जीतलाई औंल्याउँदै बाइडेनको प्रशासनका लागि परिस्थिति अझ कठिन हुने विश्लेषकहरूले बताइरहेका समय उहाँको सम्बोधन आएको हो ।

ह्वाइट हाउसमा दोस्रो वर्ष प्रवेश गर्दा बाझिनुपरे तापनि सफलताका दुईवटा बलियो आधारहरू अमेरिकी राष्ट्रपतिसँग छन् । गत शुक्रबार उहाँले सर्वोच्च अदालतमा बसेको इतिहासमै पहिलो अफ्रिकी अमेरिकी महिलाका रूपमा न्यायाधीश केतनजी ब्राउन ज्याक्सनलाई मनोनित गर्नुभएको थियो । अनि संक्रमण दर घट्दै गएको बेला, देशलाई अझ आशावादी, महामारीपछिको भविष्यमा उन्मुख गर्न पनि बाइडेनले आफ्नो सम्बोधनलाई केन्द्रित गर्नुभएको थियो । “गत वर्ष हामीले गरेको प्रगतिको कारण कोभिड-१९ ले अब हाम्रो जीवनलाई नियन्त्रणमा राख्नु आवश्यक छैन,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com