ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्ञापनपत्रमा नेपाली कांग्रेस नुवाकोटको मुख्य तिन माग यस्तो


admin

काठमाडौँ, २७ पुस । नेपाली काँग्रेस नुवाकोट जिल्लाशाखाले निर्वाचनमा घाइते भएकालाई सरकारले उपचार गर्नुपर्ने मागसहित प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको नेतृत्वमा आज बालुवाटार पुगेको टोलीले पूर्वअर्थमन्त्री डा रामशरण महतलाई लक्षित गरी ककनी गाउँपालिकामा भएको बम विस्फोटमा घाइते विद्यार्थी उपेन्द्र मिश्रसहित चुनाबका क्रममा घाइते भएका देशभरका व्यक्तिको उपचार राज्यले गर्नुपर्ने माग राखेका छन् ।

ज्ञापनपत्रमा भूकम्पपीडितलाई दिएको रकम कम भएकाले तिनको घर निर्माणमा समस्या भएको भन्दै रु दुई लाख थप गर्न आग्रहसमेत गरिएको छ ।

यसैगरी पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्य विजयका क्रममा नुवाकोटलाई राजधानी बनाउन उपयुक्त स्थान देखेका थिए त्यसैले अहिले पनि प्रदेश नं ३ को अस्थायी राजधानी नुवाकोट बनाउन पनि उक्त टोलीले माग गरेको छ ।

भेटमा प्रधानमन्त्री देउवाले उक्त टोलीले उठाएका मागमा आफू गम्भीर भएको र यस विषयमा छलफल गरेर आवश्यक निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी नेविसंघका नेता निरञ्जन थापाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

६ महिनापछि बोलाइयो काठमाडौँ महानगरको कार्यपालिका बैठक

सम्बन्धित

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक, सहमति कार्यान्वयन हुनुपर्ने माओवादीको अडान

बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो

किसानलाई बाख्रा र धानको बीउ

रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, उपत्यकामा सार्वजनिक बिदा

कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण

बिहे नगरी ‘बिए’ उत्तीर्ण गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप एक लाख

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com