ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शर्तैशर्तले बेरिएको एमसीसी अस्वीकार्य भन्दै नेता खनालले भने हामी भेडाबाख्रा होइनौं, सम्झौतबारे ए टू जेड हेर्न पाउनुपर्छ


एबीसी / संवाददाता
फाल्गुन १५, २०७८ आईतबार  ४ : ०५ बजे

काठमाडौ, १५ फागुन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसीबारे भएका सबै सम्झौता उपलब्ध गराउन माग गरेका छन् ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादीका सांसद खनालले एमसीसीबारे १२/१३ वटासम्म सम्झौता भएको बताए । उनले अघि भने, ‘सम्पूर्ण दस्तावेजहरु यो सदनमा नल्याई कसरी छलफल हुनसक्छ । म २७५ जना सांसदहरुलाई आग्रह गर्न चाहन्छौं, तपाई हामी भेडाबाख्रा होइनौं, जनताका प्रतिनिधि हौं । कुनै पनि सम्झौतबारे ए टू जेड हेर्न पाउनुपर्छ, अध्ययन गर्न पाउनुपर्छ ।

अनि मात्र यो सदनले के गर्ने भन्ने निर्णय गर्नुपर्छ ।’ सम्पूर्ण सम्झौताका साथै एमसीएलाई गरेका सम्पूर्ण पत्रचार संसदमा ल्याउन समेत माग गरेका छन् । उनले भने, ‘मान्छेहरुले के हल्ला गरिरहेका छन् भने यो त झलनाथ खनालको पालामा सुरु भएको हो । म यो सदनलाई जानकारी गराउन चाहन्छु, मैले कुनै सहमति गरेको छैन । न कुनै सैद्धान्तिक सहमति गरेको छु, न कुनै व्यवहारिक सम्झौता गरेको छु, न कुनै चिठ्ठी पत्र लेखेको छु ।’अमेरिकाले दिने सहयोग नलिने भनेर कहिल्यै नभनेको उनले बताए । तर सम्मान र समानताका साथ दिइने सहयोग मात्र लिइने भन्दै खनालले भने, अहिले जस्तो खालको सम्झौता गरिएको छ, त्यास शर्तशर्तले बेरिएको छ । तीन शर्तहरु अमान्य छन् ।’उनले अघि भने, हामीलाई ५० करोड डलर अमान्य भएको होइन, १ खर्ब डलर दिएपनि लिन्छौं । थुप्रै प्रोजेक्टहरु छन् ।

तर शर्तहरु राखेर, नेपालको स्वाभिमानलाई तल पारेर कुनै सहयोग दिइन्छ भने हामीलाई एक पैसा पनि चाहिँदैन ।’नेता खनालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामा प्रतिनिधिसभाले गरेको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्छ कि गर्दैन भनी प्रश्न गरे ।‘एमसीसीमा सुधार गर्ने कुनै पनि घोषणा सम्झौताको अंग बन्छ कि बन्दैन ? अमेरिका तयार छ कि छैन एमसीसी तयार छ कि छैन, छ भने संसदले थाहा पाउनुपर्छ । हाम्रा रिजर्भेसन सम्बोधन गर्न तयार छ भन्ने ग्यारेन्टी यो सदनले चाहेको छ’ नेता खनालले भने । यसअघि पनि एमसीसीसँग धेरै पटक सवालजवाफ भएको भन्दै नेता खनालले त्यसमा एमसीसीले जवाफ पठाए पनि त्यसको कुनै वैधानिक धरातल नभएको बताए ।‘यसअघि पनि एमसीसीले सवाल जवाफ गरेको छ । ती जवाफ दिने लिखतको लिगल ग्राउण्ड छैन । त्यसैले हामीले त्यसलाई स्वीकार गरेका छैनौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

२०४८–२०६२ को ‘भ्रष्टाचारको सुनौलो युग’ : राडारमा को–को ? (पूर्णसूची)

“कर्मचारीतन्त्र खत्तम” भन्ने एमाले सांसदलाई बालेनको कडा जवाफ : ‘जड तपाईंहरू नै हो’

जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिना पक्राउ, सरकारविरुद्ध नबोल्न चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com