ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड र माधव नेपाललाई शंकर पोखेरलले लगाए १२ आरोप


एबीसी / संवाददाता
फाल्गुन १५, २०७८ आईतबार  २ : १७ बजे

काठमाडौं, १५ फागुन । एमाले महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव नेपाल चरम अवसरवादी भएको प्रमाणित भएको बताएका छन् ।

महासचिव पोखरेलले नेकपा कालमा प्रचण्ड र माधव नेपालले ओलीका विरुद्ध विभिन्न विषय उठाएर विग्रह सिर्जना गरी पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै समयक्रममा ती सबै विषय छाडेर चरम अवसरवादी भएको प्रमाणित गरेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले भनेका छन् स् ‘प्रचण्ड र माधव नेपालका साथमा रहनेहरू अझै ओलीलाई नै समस्या मान्दैछन् ।’ पोखरेलले विभिन्न १२ तथ्यहरुले अब सत्यसँग लड्न सकिँदैन र हुँदैन भन्ने चेतना आरोप लगाउनेहरूमा आउनुपर्ने बताएका छन् ।

यस्ता छन् महासचिव पोखरेलले लगाएका १२ आरोप

१।जनादेश खण्डित भएको अवस्थामा जनतामा जाने कुरालाई प्रतिगमन भन्ने प्रचण्ड र माधव नेपालले स्थानीय चुनाव अगावै वैशाखमा प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव राखे । तर उनीहरुको प्रस्ताव एमाले र नेका दुबैले अस्वीकार गरे । पाँच वर्ष नपुग्दै चुनाव गर्नु गलत भए स्थानीय चुनाव रोक्नेगरी वैशाखमै प्रतिनिधिसभाको चुनाव गर्ने प्रचण्ड प्रस्ताव पनि त गलत हुन्थ्यो होला नि रु

२।केपी ओली प्रधानमन्त्री हुँदा ४० प्रतिशत संसदीय दलका सदस्य भए दल विभाजन गर्न पाउनेगरी ल्याएको अध्यादेशको विरोध गरे । नेका समेतको विरोध भएपछि अध्यादेश फिर्ता गरियो । तर पछि २० प्रतिशतले नै दल विभाजन गर्न पाउनेगरी अध्यादेश जारी गरे । एमाले पार्टीको विभाजनसँगै उक्त अध्यादेश फिर्ता लिए ।

३। पार्टी एकताका लागि प्रम र पार्टी अध्यक्षमध्ये एक पद छोड्नुपर्ने मागसहित एक व्यक्ति एक पदको कुरा गरे । तर पार्टी विभाजनपछि प्रचण्ड र माधव नेपाल दुवै आफैले अघि सारेको मान्यताविपरित पार्टी र दल दुबैको एकसाथ नेता बन्न पुगे ।

४। नेकपा कालमा सभामुखमार्फत संसदमा एमसीसी टेबल गर्नमा रोक लगाए । तर नेकाले दवाव दिने वित्तिकै सभामुख मार्फत संसदमा टेवल गर्न लगाए ।
५। एमसीसीमार्फत सहायता पाउनका लागि आफु सरकारमा रहदा पत्राचार गरे । सरकारमै रहेका बेलामा सम्झौता समेत गरे । तर एमसीसी राष्ट्रघाती सम्झौता हो भन्दै कार्यदल बनाउनेदेखि सडक आन्दोलन गर्नेसम्मको रमिता देखाए । तर अहिले सत्तावाट वाहिरिने त्रास वढेपछि एमसीसी पास गर्न तयार भए ।

६। नेकपा गठनपछि आफैले छोडेको र पार्टीले अस्विकार गरेको आलोपालोको कुरा गरेर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्ने अनुचित काममा लागे । तर पछि सरकारमा आफ्नो नेतृत्वको दावी छोडेर संसदमा आफ्नो हाराहारीमा रहेको नेकाको नेतृत्वको सरकारमा निःशर्त सहभागी भए ।

७।नेकपा कालमा सबै सूचकहरुले सरकारको काम राम्रो रहेको देखिँदा देखिँदै पनि सरकारले कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएर नेतृत्वको विरोध गरे । तर अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र नै तहसनहस बनाउँदा पनि चुप लागेर सरकारको प्रतिरक्षा गरिरहेका छन् ।

८।माधव नेपालले सदैव आफुलाई विधि र पद्धतिको पक्षमा रहेको दावी गरे । तर अन्तमा नेपालको संसदीय इतिहासमा सबैभन्दा धेरै विधि र पद्धती उलंघन गर्ने नेताका रुपमा आफुलाई प्रस्तुत गरे ।

९।अदालतमा सेटिङको आरोप केपी शर्मा ओली माथि लगाउने काम गरे । तर अदालतमा चलिरहेको आन्दोलनका क्रममा परमादेशी सरकार नै सेटिङवाट निर्माण भएको पुष्टि हुन पुग्यो । अनि अदालतमा विचाराधीन मुद्दा र स्थानीय निर्वाचन सार्नका लागि प्रधान न्यायाधीशमाथि महाभियोग लगाउने काम गरे । निर्वाचन रोक्ने उद्देश्यले मुद्दा दर्ता गर्न लगाए ।

१०।नेकपाको रक्षा आफ्नो नेतृत्वमा मात्र सम्भव हुने कुरा गरे । एकताको मर्म र भावना विपरित महाधिवेशनको सम्प्रभुतालाई समेत कुल्चँदै केपी शर्मा ओलीलाई अध्यक्ष, दलको नेता र पार्टीको साधारण सदस्यबाट समेत हटाए । तर अदालतमा नेकपाको नाममा विचाराधीन मुद्दामा ऋषि कट्टेलका पक्षमा फैसला भएपछि एकताको कुरा गर्न नै छोडे । यतिवेला माधव नेपाल र प्रचण्ड दुवै अलग–अलग पार्टीको मुखिया बन्न पुगेका छन् ।

११।हिजो नेकपा भएको समयमा केपी ओलीको नेतृत्वमा रहेर चुनावमा जानै नसकिने अवस्था छ भनेर भ्रम सिर्जना गरे । तर आज केपी ओलीको नेतृत्वको पार्टीलाई हराउन पाँच दलीय गठबन्धन अपरिहार्य रहेको बताउन थालेका छन् । चुनावमा जान खुट्टा कमाइ रहेका छन् ।

१२। नेकपा भंग भएपछि नेकपा ९एमाले० संग कुनै प्रकारको सहकार्य गर्न सकिदैन भन्दै घृणाको राजनीति गरे । जब एमसीसी प्रकरणमा नेकाले सरकारबाट हटाउने कुरा गर्न थाल्यो तव नेकपा ९एमाले० सँग वामपन्थी सहकार्यको प्रस्ताव राख्न पुगे ।

यी तथ्यहरुले विगतमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लगाइएका सबै आरोपहरू कुण्ठाग्रस्त मानसिकताका उपज थिए । अनि उनीहरु दुवैबाट सञ्चालित अभियानहरू सत्ता स्वार्थबाट प्रेरित दक्षिणपन्थी अवसरवादमा आधारित अभियान थिए भन्ने पुष्टि हुँदै गएको छ । यस्तो अवस्थामा प्रचण्ड र माधव नेपालको साथमा रहेकाहरुले नयाँ ढंगले सोच्ने बेला भएन र ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

२०४८–२०६२ को ‘भ्रष्टाचारको सुनौलो युग’ : राडारमा को–को ? (पूर्णसूची)

“कर्मचारीतन्त्र खत्तम” भन्ने एमाले सांसदलाई बालेनको कडा जवाफ : ‘जड तपाईंहरू नै हो’

जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिना पक्राउ, सरकारविरुद्ध नबोल्न चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com