काठमाडौं, १५ फागुन । माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । केही बेरअघि नयाँ बानेश्वरको संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा प्रमुख सचेतक देव गुरूङले ५ दलबीच भएको एमसीसी बारेको ११ बुँदे व्याख्यात्मक घोषणा बाचन गरेर सुनाएका छन् । गुरुङले एमसीसी सम्झौताभन्दा नेपालको संविधानमाथि हुनेछ लगायतका विषयहरू सुनाएका छन् । उनले सो ११ बुँदे व्याख्यात्मक घोषणा संसदबाट पारित गरेपनि एमसीसीले मान्यता दिनेमा शंका रहेको गुरुङले बताएका छन् । यो प्रक्रिया केवल उधारो सम्झौता त हुने हैन भन्दै प्रश्न गर्दै त्यसबारे गम्भीर हुनुपर्ने उनले बताए । बैठकमा सहभागी सांसदहरूलाई व्याख्यात्मक टिप्पणी बाँडिएको हो।एमसिसीसँगै पारित हुन लागेको व्याख्यात्मक टिप्पणी ११ बुँदाको छ।व्याख्यात्मक टिप्पणीबारे अहिले माओवादी सांसदहरूले छलफल गरिरहेका छन्। यसअघि आजै बसेको सत्तारूढ गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस्