काठमाडौं, १५ फागुन । टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफलका लागि आज संसद बैठक बस्दैछ ।दलहरुबीच सहमति नभएपछि शुक्रबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । शुक्रबार बैठक शुरु हुनु अघिनै सुचना टाँसेर बैठक स्थगित भएको थियो ।सरकार जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागि परेको छ भने सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे विवाद छ ।
तर नेपाली कांग्रेसले सत्ता गठबन्धत तोडेर प्रमुख विपक्षी नेकपा एमालेका माग सम्बोधन गर्ने दिशामा पहल अघि बढाएपछि नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसीसी अनुमोदनमा सघाउने वचन दिएका छन् ।यसबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ लिन खोजेका छन् । एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राखिरहेको छ ।
नेपाली कांग्रेसले हालको सत्तागठबन्धनको औचित्य सकिएको निष्कर्ष निकालिसकेको छ । माओवादी केन्द्र र नेकपा एसका कार्यकर्ता एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्