काठमाडौं, १२ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवाले ओलीलाई भेटेलगत्तै संसद भवन स्थित एमाले संसदीय दलको कार्यकक्षमा ओली भेट्न प्रचण्ड पुगेका थिए । एमसीसीबारे छलफल गर्न आज बोलाइएको प्रतिनिधिसभा बैठक सरकारको आग्रहमा स्थगित गरेसँगै प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ । एमसीसी, संसदको गतिरोध अन्त्यसहितका विषयमा शीर्ष नेताबीच भेटवार्ता भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्