काठमाण्डौ, १२ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन विधिबाट सात हजार सात सय ४३ जनाको नमुना परीक्षण गरिएकोमा तीन सय १८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै २४ घण्टा यता पाँच सय ६२ जना सङ्क्रमणमुक्त भएका छन् भने थप एक जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । नेपालमा अहिले नौ हजार छ सय ७८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एक लाख १५ हजार चार सय छ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्