काठमाडौं, १२ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी छलफलका लागि संसदमा पेश समय हुनै लाग्दा नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
एमसीसी सम्झाैताकाे विरोधमा प्रदर्शन भइरहेका वेला सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको जनाएको छ । बानेश्वर क्षेत्रमा प्रहरीले सडक खाली गराएर ब्यारिकेड राखेका छन् । केहीअघि भएको प्रदर्शनमा आन्दोलनकारीले प्रहरीको ब्यारिकेडसमेत लडाएका थिए । अहिले संसद भवन वरिपरी व्यापक प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरीलाई पनि ‘स्ट्याण्ड बाई’ राखिएको छ । पानीको फोहोरा हान्ने तीन वटा गाडीलाई पनि बानेश्वरमा राखिएको छ । संसद भवनको वरिपरी पनि काँडेतार बुधबार नै लगाइएको थियो । संसद बैठक दिउँसो १ बजेदेखि सुरु हुने भनिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्