काठमाडौँ, १२ फाल्गुन । प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् ।
भेटमा प्रधानमन्त्री देउवा र दाहालबीच एमसीसी कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । “समय सीमाभित्रै एमसीसी अनुमोदन गर्नेबारे उहाँहरूबीच कुराकानी भएको हो । आजदेखि संसद्मै एमसीसीमाथि छलफल हुँदैछ ।” बिहीबार बिहान सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि अध्यक्ष दाहाल बालुवाटार गएका थिए । प्रतिनिधिसभामा एमसीसी सम्झौतालाई अघि बढाउने विषयमा सत्ता गठबन्धन दलमै विवाद बढ्दै गएको छ । बिहीबार प्रतिनिधिसभाको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । आजको बैठकमा एमसीसी सामान्य छलफलका लागि पेस गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्