ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेरो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्छु– ओली


एबीसी / संवाददाता
फाल्गुन ११, २०७८ बुधबार  ९ : १८ बजे

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्ने बताउनुभएको छ । अध्यक्ष ओलीको आज परेको ७१ औँ जन्मदिनको अवसरमा भक्तपुरको जर्मन होम्स हस्पिटालिटी गठ्ठाघरमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले २०६२ सालदेखि अहिलेसम्म विभिन्न कार्यक्रममा बोलेको र भोगेका विषयलाई सञ्जय खड्का र लोग्सरी कुँवरले सङ्कलन र सम्पादन गरेको पुस्तक ‘समवेत दृष्टि’ को विमोचनमका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । सो पुस्तक अध्यक्ष ओली, उहाँका पिता मोहनप्रसाद र श्रीमती राधिकाले विमोचन गर्नुभएको हो । “म त फाँसी दिन माग गरिएको मान्छे, जनताको माया, सद्भाव र सहयोगले जेलमुक्त भएँ, म बिरामी पर्दा जनताले मठमन्दिर, गुम्बामा पूजा, भाकल गरेर, शुभेच्छा दिएर आफ्नो स्वास्थ्यलाभको कामना गर्नुभएको मलाई थाहा छ, जनताको शुभेच्छा र प्रार्थनाले म निको भएँ, मैले जनताबाट असाधारण माया र सहयोग पाएको छु, जनताको मायाले नै राज्य सञ्चालन गर्ने ठाउँमा छु”, अध्यक्ष ओलीले भन्नुभयो, “यो देशका जनता मेरो भगवान् हुन्, जनताभन्दा ठूलो कोही हुँदैन । जनताको माया, स्नेह, आशीर्वाद, जनताको शुभकामना र प्रार्थनाबाट पाएको आशीर्वादबाट पाएको मेरो बाँकी जीवन यही देश र जनताप्रति समर्पित गर्छु ।” उहाँले आफ्ना पितातर्फ देखाएर ‘बुबा त अझै तन्नेरीजस्तै हुनुहुन्छ भने म त झन बूढो हुने कुरै भएन, म ढुक्क छु’ भन्दै उहाँले आफ्नो जीवन रहेसम्म जनता, राष्ट्र र राष्ट्रियताविरुद्ध कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एउटा रुसी कथामा योद्धाले जमीन छाड्दा हारेको र जमीनमा टेकेपछि पुन विजयी भएको किस्सा सुनाउँदै अध्यक्ष ओलीले भन्नुभयो, “अलिकति मौका मिल्यो भने त सर्वोच्च अदालतमा लगेर पनि चार जना न्यायाधीशले पछार्दा रहेछन् एमालेजस्तो पार्टीलाई, तर सधैँभरि उचालेको उचाल्यै हँुदैनौँ, फेरि जमीनमा टेकिहाल्छौँ र जनतासँग एकाकार भइहाल्छौँ, अनि एकछिन जालझेल, षड्यन्त्र, तिकडम गरेर केही गुट मिलेर एकपटक लडाउँदैमा मोर्चाको हारलाई युद्धको हार भन्न सकिन्न, हामी समग्र युद्ध हारेका होइनौँ, एक मोर्चा हारेका हौँ, फेरि जित्नेछौँ ।” केही गुटहरु मिलेर एकछिन जालझेलबाट एकपटक लडाउँदैमा जीवन त सकिँदैन नि भन्दै ओलीले एमाले फेरि जनताको साथबाट आउने दाबी गर्नुभयो । त्यसअवसरमा एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यले केपी ओलीसँग विवाह गरेको दिनदेखिनै जोखिम मोलेको बताउँदै घरबाट निस्किएको मान्छे फर्कने हो कि हैन भन्ने त्रासमा दिनहरु बिते पनि अहिले देशका लागि गरेको योगदानले सफल भएको अनुभूति गरेको चर्चा गर्नुभयो ।

उहाँले यस पुस्तकले ओलीप्रति फैलाएको भ्रमलाई चिर्न सफल हुने बताउनुभयो । कार्यक्रममा भारतका लागि पूर्वनेपाली राजदूत नीलाम्बर आचार्यले देशमा कांग्रेस र एमाले मिलेर अगाडि बढेमात्रै देशले निकास पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले देखिएको राजनीतिक सङ्कटको निकासका लागि नेपाली कांग्रेस र एमाले मिल्नुपर्छ, कांग्रेस र एमाले नजिक आएपछि मात्रै देशले निकास पाउँछ । जहिले जहिले यी दुई पार्टीबीच फाटो आउँछ तबतब देशमा सङ्कट आएको छ, त्यसैले यी दुई पार्टीबीच विचार फरक भए पनि प्रतिस्पर्धासहितको समझदारी र सहयोग हुनुपर्छ ।”अहिलेको संसदीय प्रणाली नै बिग्रिन खोजेको भन्दै उहाँले लोकतन्त्र मास्न सभामुखहरु लागेको आरोप लगाउनुभयो । सरकारले संसद्मा एउटा विषय ल्याएपछि त्यसको विरुद्धमा सडकमा ढुङ्गामुढा गर्ने प्रवृत्ति गलत भएको उहाँको भनाइ थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार स्नेह सायमी, गायिका आनी छोइङ डोल्मा, राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका डा जगमान गुरुङले पुस्तकमाथि समीक्षा गर्दै ओलीको सन्देशहरु पुस्तकमार्फत प्रवाह गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

२०४८–२०६२ को ‘भ्रष्टाचारको सुनौलो युग’ : राडारमा को–को ? (पूर्णसूची)

“कर्मचारीतन्त्र खत्तम” भन्ने एमाले सांसदलाई बालेनको कडा जवाफ : ‘जड तपाईंहरू नै हो’

जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिना पक्राउ, सरकारविरुद्ध नबोल्न चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com