ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुलिस र एपिएफको खेल बराबरीमा


एबीसी / संवाददाता
फाल्गुन १०, २०७८ मंगलबार  ४ : ३६ बजे

काठमाडौँ, १० फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १-१ गोलको बराबरी टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए ।

त्यसपछि खेलको पहिलो हाफको ४१औँ मिनेटमा एपिएफका प्रदीप लामाले एक गोल फर्काउँदै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफमा भने गोल हुन सकेन । यस बराबरी खेलसँगै पुलिसले १२ खेलबाट १२ अङ्क जोडेको छ । समान खेल खेलेको एपिएफको भने १५ अङ्क भएको छ । लिगमा बाह्रौँ चरणको खेलहरु चलिरहँदा विजेता र रेलिगेशनमा पर्ने टोलीहरुको भने टुङ्गो लागिसकेको छ । लिगको उपाधि मच्छिन्द्र क्लबले जितिसकेको छ भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com