ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी ट्वान्टी महिला क्रिकेट : सुदूरपश्चिम प्रदेशको जीत


एबीसी / संवाददाता
फाल्गुन १०, २०७८ मंगलबार  २ : १३ बजे

काठमाडौँ, १० फागुन । ललितपुर वुमन्स च्याम्पियनशिपमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स-११ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा ललितपुर मेयर्स-११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुआत गरेको हो । १४४ रनको लक्ष्य पछ्याएको मेयर्स-११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन मात्र जोड्न सक्यो । मेयर्स-११ का लागि सरस्वती चौधरीले सर्वाधिक २६ रन जोडिन् भने साना प्रवीनले १५ रनको योगदान गरिन् । कञ्चन श्रेष्ठ १० रनमा आउट भइन् । सुदूरपश्चिमका लागि लक्ष्मी साउदले सर्वाधिक ३ विकेट हात पारिन् भने कविता कुवँरले दुई विकेट लिइन् । ईश्वरी विष्ट र सम्झना खड्काले एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४३ रनको योगफल बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान रितु कनौजियाले सर्वाधिक ४२ रनको योगदान गरिन् । रितुले २९ बल खेल्दा ६ चौका प्रहार गरिन् । त्यसैगरी रेवती ढकालले २९, विन्दु रावलले २८ तथा डोली भट्टले २५ रन जोडे । मेयर्स-११ का लागि खुसी डङ्गोलले सर्वाधिक २ विकेट लिइन् भने अनुराधा चौधरी, आरती विडारी र अस्मिना कर्माचार्यले एक-एक विकेट लिए ।
प्रतियोगितामा प्रदेश नं १, सशस्त्र प्रहरी बल (एपिएफ), लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र आयोजक ललितपुर गरी पाँच टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

म्याड्रिड डिजाइन फेस्टिवल जारी

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com