काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भोली संसदमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताउनु भएको छ । नया“ बानेश्वरस्थित संसद भवनमा मंगलबार आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुस“गको कुराकानीमा महामन्त्री थापाले बैठकका क्रममा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा नाफाघाटा नहेरी संसदबाट पारित गर्नुपर्छ भन्ने प्रस्तावलाई अघि बढाउने बताउनु भएको जानकारी दिनुभयो ।
महामन्त्री थापाले यसअघिको सरकारले गरेका कामको तिथिमिति स्मरण गर्दै मन्त्रीपरिषद्बाट पारित भएको प्रस्तावलाई संसदमा पेश गर्न लागिएको बताउनु भयो । उहा“ले पार्टीले प्रतिपक्षमा रह“दा र सरकारमा रह“दा दोहोरो चरित्र नदेखाउने बताउ“दै तत्कालीन नेकपा सरकार रह“दा मन्त्रीपरिषद्बाट गरिएको निर्णयमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सहयोग गर्ने विश्वास प्रधानमन्त्रीले लिनुभएको जानकारी दिनुभयो ।
महामन्त्री थापाले बैठकमा पार्टीका नेताहरुले सरकारका कामका बारेमा छलफल गर्न खोजेकाले चाँडै त्यसका लागि बैठक बोलाइने पनि बताउनु भयो । उहा“ले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई महाअभियोगको प्रस्ताव ल्याइनु उचित भएकोले अन्य पार्टीले पनि यसमा सहयोग गर्ने अपेक्षा राखेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्