ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं – मुख्यमन्त्री राउत


एबीसी / संवाददाता

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । प्रदेश सरकारको चारवर्षे कार्य उपलब्धि आज सार्वजनिक गर्नुहुँदै उहाँले सामाजिक रुपान्तरण, महिला, दलितलगायतका उत्पीडित वर्गको सशक्तिकरण, सुशासन कायम गर्न र भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिता दिएको जानकारी दिनुभयो ।

चार वर्षका अवधिमा ४४ विधेयेक प्रदेशसभाबाट पारित गराइ ऐन, कानुन र निर्देशिका बनाउने कार्य भइरहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले ‘बेटी पढाउँ बेटी बचाउँ’, छोरी बीमा कार्यक्रमलाई पुनः छिट्टै सञ्चालन गर्ने तयारी भइरहेको र यसवर्ष छोरीहरुलाई ल्यापटप बाँड्ने योजनासमेत रहेको जानकारी दिनुुहुँदै मुख्यमन्त्री राउतले यस कार्यक्रमबाट विभेद अन्त्य हुने र शिक्षामा छोरीको आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो । दलित तथा उत्पीडित वर्गको राज्यका हरेक अङगमा पहुँच पु¥याउने उद्देश्यले दलित सशक्तिकरण ऐन बनाइ दलित विकास समितिसमेत गठन गरिएको उल्लेख गर्नुहुँदै उहाँले उत्पीडित वर्गको राज्यमा पहुँच नभएसम्म प्रदेश समृद्ध हुन नसक्ने भएकाले दलित सशक्तिकरण ऐन ल्याएको बताउनुभयो ।

मुख्यमन्त्री राउतले जनसङ्ख्याका आधारमा महिलाको प्रतिनिधित्वका लागि राज्यको हरेक अङ्गमा आरक्षणको व्यवस्था गरिएकाले अबको केही वर्षभित्र प्रदेशका सबै अङ्गमा महिलाको प्रतिनिधित्व बढ््ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ,“प्रदेशमा सुशासन कायम गर्न जनलोकपाल गठन भइसकेको , शिक्षा, स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिता दिइएको र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रमलाई अघि बढाइसकेको, प्रदेश प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालयले पनि छिट्टै कार्यक्रम अघि बढाउने छ । ”

उहाँले नीति तथा योजना आयोग गठन गरी आवश्यक काम भएको जानकारी दिँदै प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्नाको काम अघि बढाउन नसकेको कुरालाई प्रदेश सरकारले गम्भीर रुपमा लिएको बताउनुभयो ।

उहाँले छिट्टै निर्देशिका तयार पारेर प्रदेश लोकसेवा आयोगमार्फत कर्मचारी भर्नाको कार्य अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो । कला, संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रदेश सरकार सधैँ तत्पर रहेको जनाउँदै मुख्यमन्त्री राउतले छिट्टै प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारीमा जुटेको बताउनुभयो ।

कृषि क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेकाले किसानको ऋणको ब्याज मिनाहा गर्ने, मलखाद तथा बिउबिजनमा अनुदान दिने र सिँचाइका लागि आवश्यक योजना बनाएर कार्यान्वयनमा लगिसकेको मुख्यमन्त्री राउतको भनाइ थियो । यसका साथै उद्योगधन्दाको विकास र विस्तारका लागि आवश्यक निर्देशिका बनाएर सरकार अघि बढ्न चाहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेशमा उद्योगग्राम बनाउने प्रयास भइरहेको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला योजनामन्त्री शैलेन्द्रप्रसाद साह, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, कृषिमन्त्री विजयकुमार यादव, खानेपानीमन्त्री ओमप्रकाश शर्मा, महिला बालबालिकामन्त्री वीरेन्द्र सिंहलगायतको समेत उपस्थिति रहेको थियो ।

यसैबीच प्रदेश सरकारले जनकपुरधाममा गत माघको तेस्रो साता आयोजना भएको राष्ट्रिय समाचार समिति ९रासस० का पत्रकारको अभिमुखीकरण कार्यक्रमलाई पनि उपलब्धिका रुपमा लिएको छ ।

आज सार्वजनिक प्रदेश सरकारको चार वर्षे उपलब्धिका सूचीमा राससका पत्रकारको अभिमुखीकरण कार्यक्रमलाईसमेत समेटिएको छ । मुख्यमन्त्री लालबाबु राउतले पत्रकारको वृित्तविकासलाई महत्वका साथ लिएकाले राससका पत्रकारलाई अभिमुखीकरण दिएको बताउनुभयो ।

पत्रकारको हकहितका लागि प्रदेश सरकारले आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिल गठन गरेर कामअघि बढाएको जनाउँदै उहाँले आगामी दिनमा सञ्चारकर्मी र सञ्चारमाध्यमको हितमा हुने काम गर्ने उल्लेख गर्नुभयो ।

मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गतको आमसञ्चार प्राधिकरणको सहयोग तथा रासस मधेश प्रदेश कार्यालय जनकपुरधामको संयोजनमा मधेश प्रदेशका आठ जिल्लाका राससका स्थानीय समाचारदाताको लागि माघको १६ र १७ गते दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहले अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो भने समापन मुख्यमन्त्री राउतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com