ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाको आग्रह प्रचण्ड र नेपालद्वारा अस्वीकार


एबीसी / संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना एमसीसी बारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच आज बिहान एमसीसी परियोजनालाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको हो । छलफलमा प्रधानमन्त्री देउवाले बुधबारको बैठकमा एमसीसी पेश गर्ने बताएपनि प्रचण्ड र नेपालले भने केही समय पर्खिन आग्रह गरेको नेताहरुले बताएका छन् । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामाथि लगाइएको महाभियोगबारे समेत छलफल भएको थियो । आजै बसेको कांग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको थियो ।

यसैबीच, प्रधानमन्त्री देउवाले कांग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत आग्रह गरेका थिए । कार्यव्यवस्था समितिको बैठकबाट एमसीसी टेबल गर्ने एजेण्डा बनाउन देउवाको आग्रह छ ।

संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।

अवरूद्ध प्रतिनिधिसभा बैठक सुचारू र एमसीसीलाई संसदमा कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्न सोमबार सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको थियो । बैठकपछि सभामुख सापकोटाले दलहरूबीच सहमति भए आफूले अमेरिकी सहयोग परियोजना ९एमसीसी० संसदमा टेबल हुन नरोक्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली वायु सेवामाथि ईयूको प्रतिबन्ध फेरि लम्बियो

गैंडाको खाग तस्करी गरेको आरोपमा ८ जना पक्राउ

सम्बन्धित

नेपाली वायु सेवामाथि ईयूको प्रतिबन्ध फेरि लम्बियो

गैंडाको खाग तस्करी गरेको आरोपमा ८ जना पक्राउ

नेविसंघले बनायो अस्थायी भवन, वितरण गर्यो शैक्षिक सामग्री

बुढानिलकण्ठ नगरपालिकाका सब–इञ्जिनियर घुस लिँदालिँदै पक्राउ

एबीसी संवाददाता बस्नेत सम्मानित

नक्कली शरणार्थी प्रकरण : उच्चको आदेश भोलि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com