काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष पा“च नेताहरू छलफलमा बसेका छन् ।
संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ आइतबार काठमाडौंको लाजिम्पाटमा छलफलमा बसेका जसपाले जनाएको छ ।
यसअघि बिहीबार जसपाका तीन शीर्ष नेता डा. भट्टराई, यादव र राईबीच संवाद भएको थियो । जसपामा संघीय परिषद अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादवबीच केही समयबीच संवादहीनताको अवस्था सिर्जना भएको थियो । आइतबारको बैठकले पार्टीको केन्द्रीय समिति बैठकको मिति तोक्न सक्ने सम्भावना रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्