काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई स्वीकार गर्न नसकिने बताउनु भएको छ । शुक्रबार पर्साको वीरगन्जमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमसीसीबारे राजनीतिक दल मात्र होइन, नेपाली नागरिकबीच पनि एकमत हुन नसकेको उल्लेख गर्दै यसलाई अहिलेकै अवस्थामा अनुमोदन गर्न नसकिने बताउनु भएको हो ।
उहा“ले एमसीसीबारे अझै राम्रोस“ग अध्ययन र छलफल आवश्यक भएको बताउनु भयो । यसको अध्ययन जारी रहेको र अन्तिम निष्कर्षमा पुग्न बा“की रहेको अध्यक्ष नेपालले बताउनु्भयो । प्रधानमन्त्री शेरबहादुर देउवा भने एमसीसी संसदबाट पारित गरेरै छाड्ने पक्षमा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्