ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीय गतिविधिलाई प्रोत्साहन गर्न श्रीलङ्कालाई सुरक्षित बैबाहिक गन्तव्यका रुपमा प्रवद्र्धन गरिने


एबीसी / संवाददाता

कोलोम्बो, २७ माघ । श्रीलङ्का पर्यटन विकास प्राधिकरणले कोभिड–१९ महामारीबीच श्रीलङ्कालाई सुरक्षित विवाह गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने योजना अघि बढाइएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् । यस कदमले राष्ट्रको सबैभन्दा प्रभावित मानिएको पर्यटन उद्योगलाई उत्थान गर्न मात्र नभई महामारीबाट प्रभावित घटना व्यवस्थापन, फेसन डिजाइन र अन्य सहयोगी क्षेत्रहरूलाई पनि सुदृढ पार्ने बताइएको छ ।

प्राधिकरणका अध्यक्ष किमार्ली फर्नान्डोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले यस प्रयासलाई सहयोग पुर्‍याउन छिट्टै काम थालिने जनाएका उल्लेख गरेका छन् । विदेशी नागरिकका लागि श्रीलङ्कामा विवाह गरेको अनुभव सहज होस् भनेर कार्यक्रम व्यवस्थापन कम्पनी, विवाहका योजनाकार, फोटोग्राफर, फेसन डिजाइनर र अन्यलाई एक मञ्चअन्तर्गत सूचीकृत गर्ने प्रयास गरिने र यसका लागि छुट्टै ‘म्यारिज पोर्टल’ को स्थापना गरिने फर्नान्डोले बताउनुभयो । श्रीलङ्काको पर्यटन प्रधिकरणले पनि भारत, माल्दिभ्स र पाकिस्तान जस्ता क्षेत्रका देशसँगको आफ्नो सम्बन्धलाई बलियो बनाउँदै राष्ट्रलाई विवाहको गन्तव्यका रूपमा प्रोत्साहन गर्ने बताइएको छ । ‘विवाह गन्तव्य बजार’ ले सन् २०३१ सम्ममा २९० अरब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको स्थानीय बजार विश्लेषकहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com