काठमाडौं । नेकपा माओवादी केन्द्रले द्वन्द्वकालीन मुद्दा उछालेर सभामुख अग्निप्रसाद सापकोटामाथि भइरहेको आक्रमणलाई गम्भीर षड्यन्त्र भनेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बुधबार एक भनाइ सार्वजनिक गर्दै सभामुख सापकोटामाथिको आक्रमण गम्भीर षड्यन्त्र भएको उल्लेख गर्नुभएको छ । उहा“ले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त संघीयता र लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धि ध्वस्त बनाउन केही समूह सुरुदेखि नै क्रियाशील रहेको पनि दाबी गर्नुभएको छ ।
जनप्रतिनिधिमूलक संस्थामाथि प्रहार गरेर जन्मिएको प्रतिगमनलाई परास्त गरि आज मुलुक पुनःनिर्वाचनको प्रक्रिया हु“दै शान्ति र संविधानलाई नयां उचाइमा क्रियाशील गर्न सक्रिय रहेको बेला सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारका द्वन्द्वकालीन मुद्दा उचालेर सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षडयन्त्रको गम्भीर अभिव्यक्ति भएको मल्लको भनाइ छ । माओवादीले सभामुखविरुद्धको यस्तो कदम शान्ति, संविधान र समृद्धिको नेपाली मौलिक बाटो ध्वंस पार्ने षड्यन्त्र भएको पनि जनाएको छ । मल्लले यो षडयन्त्रले लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिलाई विभाजित गर्ने, क्रान्तिकारी जनसमुदायलाई अलगावमा पार्ने र देशलाई परिवर्तनको मार्गबाट पछाडि धकेल्न चाहिरहेको उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्